तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्री राम माध्यमिक विद्यालयले श्रीपञ्चमीका दिन ७२ औं अभिभावक दिवस तथा हीरक महोत्सव मनाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १२ गते, शनिबार २२:४८

काठमाडौं, १२ माघ । धनकुटा पाख्रिवास–७ मुगामा अवस्थित् श्री राम माध्यमिक विद्यालयले यही माघ २७ गते अर्थात श्रीपञ्चमीका दिन ७२ औं अभिभावक दिवस तथा हीरक महोत्सव मनाउने भएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा विद्यालयका आजिवन सम्मानार्थ अध्यक्ष अजितनाराण सिंह थापाले पत्रकार सम्मेलन गर्दै उक्तबारे जानकारी गराएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णबहादुर राईको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आजिवन सम्मानार्थ अध्यक्ष थापाले उक्त अवसरमा हीरक जयन्ती स्मारिका प्रकाशन गर्नेबारे पनि जानकारी गराए ।
उनले भने,‘यो महोसत्वलाई भव्य रुपमा सम्पन्न गर्नको लागि म यही मञ्चबाट सम्पूर्ण मुकावासी तथा धनकुटेली आम अभिभावक तथा आमा–बुवालाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा उक्त विद्यालयका पूर्व प्रधानाध्यापक चिरञ्जिबी घिमिरेले आफ्नो अनुभव सुनाएका थिए । उनले विद्यालयले स्थापना कालदेखिनै अहिलेसम्म सम्पूर्ण मुगावासीको मन जितेको र आगामी दिनमा पनि यसले आफ्नो ऐतिहाँसिक अस्तित्वलाई जोगाउन सकोस भन्ने कामना गरेका थिए । त्यस्तै, उनले विद्यालयले मनाउने महोत्सव पूर्ण रुपमा सफल होस भन्ने पनि शुभकामना दिएका थिए ।

त्यस्तै, कार्यक्रममा विद्यालयका गतिविधि तथा कार्यक्रमको औचित्य र वर्तमान अवस्थाबारे प्रकाश पार्दै उक्त विद्यालयका शिक्षक तथा हीरक जयन्ती स्मारिकाका संयोजक टेकमणि पौडेलले पनि महोत्सव सफल हुने विश्वास दिलाए ।

उनले भने,‘हामीले आयोजना गर्ने यो जयन्ती मुगालाई हेर्ने ऐना हुनेछ । त्यस्तै, स्मारिकाले पनि विद्यालयको ईतिहासलाई छर्लङ पार्न सहयोग पुग्नेछ । र, यो ऐतिहाँसिक दस्तावेजपनि बन्नेछ।’
त्यसैगरि मुगाली थापा क्लबका काठमाडौं उपाध्यक्ष ईन्द्र बहादुर थापाले पनि महोत्सव सफल बनाउनको लागि आफूहरुले कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए । उनले भने,‘म यो विद्यालयको पूर्व विद्यार्थी भएको नाताले पनि कार्यक्रम सफल बनाउनु हामी सबैको दायित्व हो । यसमा हामी खरो रुपमा उत्रिन्छौं ।’ थापाले हीरक महोत्सव सफल बनाउनकोलागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै अपिलसमेत गरे ।
कार्यक्रममा गान्धी स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर थापा, अर्थ मन्त्रालयका उपसचिव शिशिर घिमिरेले महोसत्व सफलताको शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु