दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संगठन बिस्तार र निर्वाचन नेविसंघ (विपी)को प्रमुख एजेण्डा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १५ गते, मंगलवार १३:४७

काठमाडौं । नेपाली कांग्रेस (विपी) को भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संगठन बिस्तार र निर्वाचन आफ्नोे प्रमुख एजेण्डा भएको जनाएको छ । उसले आगामी दिनमा सबै जिल्लामा संगठन बिस्तार गर्ने र बैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्ने योजना बनाएको छ ।
माउ पार्टी नेपाली कांग्रेस (विपी) ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा करुवा चिन्ह लिएर निर्वाचनमा गएको थियो । आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै क्याम्पसमा भाग लिने जनाएको छ । फागुनमा स्ववियु निर्वाचन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी छ । शनिबार बसेको नेविसंघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अन्जान लामाले बताउनुभयो । ‘हामी निर्वाचनबाट भाग्दैनौं, हारिन्छ वा जितिन्छ भन्ने कुरा होइन’ लामाले भन्नुभयो ‘ अबको हाम्रो कार्यक्रम जिल्ला समिति बिस्तार र निर्वाचनको तयारी नै हो ।’ त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने तयारी थालेपछि उसले विचार मिल्ने अन्य विद्यार्थी संगठनसँग सहकार्य गर्ने निर्णय गरेको छ । लामाले नेपाली कांग्रेसले आफ्नो सिद्धान्त र धरातल छोडेकाले प्रजातान्त्रिक पार्टीको रुपमा नेपाली कांग्रेस (विपी) रहेको बताउनुभयो ।
पार्टी नेता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारीको समेत सहभागितामा भएको बैठकले संगठन बिस्तार समिति, आर्थिक संकलन समिति, प्रचार प्रसार समिति, भावी रणनीति निर्माण समिति गठनको समेत प्रक्रिया अघि बढाएको छ । बिधान मस्यौदा समितिमा महामन्त्री राज महर्जन, पार्टी प्रवक्ता देबेन्द्रराज पौडेलसहित नेताहरु रहनुभएको छ ।
बैठकमा पार्टी सभापति हरिबोल भट्टराई, महामन्त्रीहरु सुशीलमान शेरचन, पुष्पराज पराजुली, तरुल दलका अध्यक्ष प्रद्युम्न कार्की, ट्रेड युनियनका सह संयोजक शेरबहादुर ओली, महिला विभागकी नेतृ स्वस्थानी महतलगायतको उपस्थिति रहेको थियो । बैठकले रत्नकुमारी गड्तौला (यमुना) (मकवानपुर ), पुजन राउत (मुगु) र प्रिस्का श्रेष्ठ (झापा) लाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । दिनेश तामाङलाई दोलखा अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।
नेविसंघले वर्तमान सरकार जनताको पक्षमा नभएको समेत निश्कर्ष निकालेको छ । ‘निर्वाचनमा जनतालाई झुक्याएर मत ल्यायो नेकपाले तर अहिले विश्वासघात गरेको छ, यसरी सरकार चल्न सक्दैन’ लामाले भन्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु