दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोनाम ल्होसारमा सार्वजनिक बिदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १८ गते, शुक्रबार २०:२२

सिन्धुली तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् ।

हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राईले जानकारी दिए। गाउँपालिकाले माझी समुदायले मनाउने लदी पर्वका अवसरमा पनि फागुन २१ गते र राई समुदायले मनाउने पर्वका दिन पनि सार्वजनिक बिदा दिने उहाँले बताए ।

माझी र राई समुदायले मनाउने पर्वका दिन अहिले नै बिदा दिने निर्णय नगरिएको र पछि निर्णय गरेर बिदा दिइने बताए।

यस्तै मरिण गाउँपालिकाले पनि सोनाम ल्होसारमा दुई दिन सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको माघ १४ गते बसेको बैठकले सोनाम ल्होसारमा माघ २१ गतेदेखि २३ गतेसम्म सार्वजनिक बिदा दिएको अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।

यसैबीच मरिण गाउँपालिकामा माझी समुदायको पनि धेरै बसोबास रहेकाले माझी समुदायको सांस्कृतिक पर्व लदी पूजाका दिन आगामी फागुन २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै घ्याङलेख गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकामा ९० प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले महान् पर्व सोनाम ल्होसारमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष जगत् भोलनले जानकारी दिए।

सिन्धुलीको दुधौली नगरपालिका, फिक्कल गाउँपालिकाले भने सोनाम ल्होसार बनाउन छुट्टै सार्वजनिक बिदा नदिने बताएका छन् । कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाले भने छलफलपछि सार्वजनिक बिदा दिने भएका छन् ।

नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानले तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा बिदा दिन कमलामाई नगरपालिकालगायत स्थानीय सरकारसँग माग गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु