दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतमा १७९ नेपाली अलपत्र नेपाल ल्याउन पहल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते, शनिबार २०:५२

काठमाडौं, ४ फागुन । रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ जना नेपाली प्रहरीको नियन्त्रणमा परेका छन् । विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो । अलपत्र पर्नेमा अधिकांश महिला छन् ।

नेपाल पक्षले उनीहरूको उद्धारको प्रयास गरे पनि अझै सफल हुन सकेको छैन । परराष्ट्र मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रहरीबाट भारतमा फसेका नेपालीलाई स्वदेश ल्याउने प्रयास भइरहेको छ ।
सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय एक उपसमिति गठन गरेको छ । ‘नेपालीहरू रोजगारीका सिलसिलामा बिदेसिने क्रममा हाल भारतको मणिपुरस्थित विभिन्न सेल्टरमा १७९ जना रहेको भन्ने सूचनाको आधारमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा नेपालमा ल्याउन पहल भइरहेकाले नेपालमा ल्याइसकेपछि पूर्वी नाका काँकडभिट्टादेखि काठमाडौंसम्म उद्धार गरी ल्याउनका साथै पीडित तथा प्रभावितहरूको उचित व्यवस्थापनका लागि उपसमिति गठन गरी उद्धार तथा पुनस्र्थापना कार्य प्रभावकारी रूपमा गर्ने,’ सरकारको निर्णयमा उल्लेख छ ।

उपसमितिमा गृह, श्रम, नेपाल प्रहरीका साथै विभिन्न संघ संस्थाका प्रतिनिधि राखिएको छ । सरकारले पीडित÷प्रभावितहरूलाई काँकडभिट्टादेखि काठमाडौंसम्म संरक्षण गरी ल्याउँदा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको छ । यस्तै, सरकारले पीडितलाई ल्याउन मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल र नेपाल प्रहरीका उपरीक्षक कृष्णहरि शर्मालाई खटाउने निर्णयसमेत गरेको छ ।
भारतमा पक्राउ परेका १७९ नेपालीमध्ये २१ जना महिला रहेका छन् भने अन्य पुरुष रहेको मन्त्रालयले जनाएको छ । महिलाहरू यौन हिंसामा परेको समेत बताइएको छ । चार जना महिला गर्भवती अवस्थामा समेत रहेको स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु