तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिगको फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते, बुधबार २२:४३

फागुन ८,काठमाडौ । सिवाइसी अत्तरीया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता टिमलाई ४१रनले हराउँदै अत्तरीया डीपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्न सफल भयो ।फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय १० रन बनायो । मध्यम सुरुवात गर्दै अत्तरीयाले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपन जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किएपछि अत्तरीयाले दोस्रो विकेट गुमायो ।

त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुविन्धु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । अत्तरीयाको स्कोरबोर्डमा ६६ रन हुँदा तेस्रो विकेटका रुपमा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुविन्धु पाण्डे पनि पेभेलियन फर्किए । उनले १६ रन बनाए । पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरेपनि दुबै खेलाडी एकपछि अर्को रुपमा आउट भएपछि अत्तरीयाले एक सय ६ रनमा ६ विकेट गुमायो । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए । बलिङमा अंकित दबावस र शुर्य तामाङले दुई दुई विकेट लिए ।

जवाफमा अत्तरीया १८ ओभर दुई बलमा ६९ रनमा अलआउट भयो । खराव सुरुवात गरेको काठमाडौंले एक रन हुँदा पहिलो विकेट गुमायो भने १३ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर अनील शाहले खाता खोलेनन् भने महबुब आलम एक रनमा पेभेलियन फर्किए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रनमा आउट भए । त्यसपछि अंकित दबास मात्र ६ रनमा आउट भएपछि काठमाडौंले ३९ रनमा चार विकेट गुमायो । उसका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन । एकपछि अर्को विकेट गुमाएको काठमाडौंले ६२ रन बनाउदा आठ विकेट खेर फाल्यो । अन्तत काठमाडौं ६९ रनमा अलआउट भयो । अब काठमाडौंले फाइनल प्रवेशका लागि फेरी एकपटक रुपन्देही र महेन्द्रनगर विचको विजेतासँग खेल्नेछ । जनसवालडटकम

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु