
फागुन १०,काठमाडौ । राष्ट्रपति भवन, शीतल निवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष बेलायतको रक्षा राज्यमन्त्री H.E. Mr. Mark Lancaster TD VR MP ले शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकार तथा बेलायत सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको रास्ट्रपति कार्यलय ले जनाएको छ।


