दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कुटुमा कुटु गीतबाट करीब रु १ करोड ४० लाख आम्दानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १४ गते, मंगलवार २३:१९

काठमाडौं। नेपालमा वार्षिक सवासय फिल्महरु निर्माण हुँदै प्रदर्शनमा आउँछन् । जसमध्ये १० वटा चलचित्रले मुश्किलले लगानी उठाउने गरेका छन् । बर्षमा दुई वा तीन चलचित्रले भने राम्रै आम्दानी गर्छन् । प्रविधिको विकास–विस्तारसँगै चलचित्रको बजार फराकिलो बन्दैछ । नेपाल बाहिर पनि नेपाली फिल्म चल्ने गरेका छन्, जसले फिल्म क्षेत्रलाई भरथेग मात्र गरेका छैन निर्मातालाई सुरक्षित समेत गरेको छ । अझ डिजिटल बजारले फिल्म क्षेत्रलाई नयाँ आस दिएको छ । रजतपटमा फिल्महरुलाई गीतले पब्लिसिटीको दरिलो टेको त दिएकै छ भने बजार बढाउन समेत सहायकसिद्ध भएको छ । फिल्म चल्नुमा गीतको पनि धेरथोर भूमिका रहने छँदैछ, निर्माताहरूले यूट्यूबमा राखिने गीतबाट ‘भ्यूज’ को आधारमा करीब १५ प्रतिशत मुनाफा पाइरहेका छन् ।
लगानी सुरक्षित गरेको फिल्म ‘दुई रुपैयाँ’ को कुटुमा कुटु अहिलेसम्म यूट्यूबमा हेरिएकामध्ये सर्वाधिक भ्यूज पाएको नेपाली गीत हो । लोक लयको सो गीतमा फागुन दोश्रो सातासम्ममा यो गीतको भिडियो ९ करोड ४५ लाखभन्दा बढी पटक हेरिएका छन् । यसबाट करीब रु १ करोड ४० लाख आम्दानी भएको अनुमान छ । यो फिल्मको निर्माणको लागत भने रु ६० लाख हो । निर्माताहरूका अनुसार यूट्यूबमा एक करोड भ्यूज हुँदा डिजिटल अधिकारप्राप्त कम्पनीबाट करीब १५ लाख रुपैयाँ प्राप्त हुन्छ । पहिला यो गीत फिल्म छक्का पञ्जा टिमले लिने भनिए पनि फिल्ममा समावेश भने गरेकोे थिएन ।

फिल्मको कुल लगात रकम नै एउटा गीतले कमाएको सायद नेपाली फिल्ममा यो नै पहिलो पटक हो । हुन त करोड क्लवको लिष्टमा यो गीत मात्र हैन दर्जनौं गीतहरु करोड क्लवमा परिरहेका छन् । तर यति धेरै रुचाईएको गीत भने कुटुमा कुटु नै पहिलो हो । गीत संगीतलाई राम्रो बनाउन सके फिल्मलाई त प्रत्यक्ष फाईदा पुग्छ नै, आम्दानीमा पनि केही राहत पक्कै हुनेछ । फिल्म निर्माण गर्दा कथा, पटकथासँगै गीत संगीतमा पनि मेहनत गर्ने की निर्माताज्यूहरु ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु