दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १५ गते, बुधबार १२:५४

फागुन १५, काठमाडौँ–यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ । अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको छ । सो कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि नै अरु देशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली र विदेशी नागरिक दुवैलाई नेपाली ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु भएको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले बताए ।
नेपालीकरणका लागि अघिल्ला वर्षहरुमा सेवाग्राहीले नक्कली कागजात देखाउँदा कार्यालयले यस वर्ष कडाइ गरेर थोरै सङ्ख्यामा मात्रै नेपालीकरण गरिएको हो । नेपालीकरणका लागि आएका नेपालीको विदेश बसेको प्रमाण र दूतावासको सिफारिसको आधारमा चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताइएको छ । उनले भने, “विगतमा कमजोर कागजात भएकालाई पनि स्मार्ट चालक अनुमतिपत्र दिएकाले अहिले कडाइ गरिएको छ ।” कार्यालयले कुटनीतिक नियोगका प्रतिनिधिको भने ‘स्मार्ट’ चालक अनुमतिपत्र र दूतावासको सिफारिसका आधारमा ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताएको छ । यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गइसकेकाले यससम्बन्धी व्यवस्था निर्देशिकामा गर्नुपर्ने औँल्याइएको छ । प्रमुख उप्रेतीले भने, “निर्देशिका हुँदा हामी त्यसैका आधारमा नेपालीकरण गर्ने वा नगर्ने निर्णय गर्नेछौँ ।” नेपालमा सबैभन्दा पहिले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण र नेपालीकरण शुरु भएको थियो । जनसवालडटकम

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु