दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हेलिकप्टर दुर्घटना : नेपाली राजदूतावास तथा एनआरएनए मलेसियाद्वारा श्रद्धाञ्जली सभा आयोजना 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन १६ गते, बिहीबार १८:४६

फागुन १६,मलेसियां– बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको दुखद हेलिकप्टर दुर्घटनाको मृतआत्माहरुको चीर शान्तिको कामना गर्दै नेपाली राजदुतावास मलेसियाद्वारा श्रद्धाञ्जली सभामा आयोजना गरिएको छ । उक्त श्रद्धाञ्जली सभामा नेपाली राजदुताबासका कार्यबाहक राजदुत कुमार राज खरेल, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए आइसीसी सदस्य बिस्व राई, एन आर एन मलेसियाका पूर्व अध्यक्ष महेन्द्रजंग शाह,नेकपा मलेसियाका अध्यक्ष प्रेम पाण्डे लगायतको उपस्थिति रहेको थियो । त्यसै गरि सोही सन्दर्भमा एनआरएनए मलेसियाले पनि आफ्नो कार्यालयमा सम्पुर्ण दपाधीकारीहरुको उपस्थितीमा श्रद्धाञ्जली सभा गर्नुका साथै शोक बक्त्तव्य समेत जारी गरिएको छ ।
मलेसियास्थित विभिन्न राजनितीदलका भातृ संगठनका प्रतिनिधी, गैर आवासीय नेपाली संघ, सामाजिक संघ संस्था, व्यवसायी तथा पत्रकारहरुको उपस्थितीमा दूतावासको सभाकक्षमा शोक व्यक्त गरेको हो ।
मृतआत्माहरुको चीर शान्तिको कामना गर्दै एक मीनेट मौनधारण पश्चात दूतावासका कार्य बाहक राजदूत कुमार राज खरेलले मन्त्री अधिकारी यूवा पुस्ताका सबैको लागि चर्चित, शालीन, मीजाशिलो, सबैसंग घुलमील हुने साधारण व्यक्ति भएको बताउनु भयो । उहाँले अधिकारी अत्यन्तै संघर्षशिल र विकाश गर्न चाहाने व्यक्ति रहेको पनि जनाउदै व्यवसायी आङछिरिङ शेर्पा लगायत अन्य मृतकहरु अति मीलनसार र उच्च प्रोफाईल भएको जनाए
शोक मन्तव्यको क्रममा नेकपा भातृ संगठनका प्रेम पाण्डे, नेपाली काग्रेस जन सम्पर्क समितिका कमल गौतम, एनआरएनए आईसिसि सदस्य विश्व राई, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, व्यवसायी शन्तोष कार्की, पीएनसिसिका रामचन्द्र नेपाल, रेसम सापकोटा लगायतले मन्त्री अधिकारीले प्रशंसनीय कार्य गरेको र यूवा पुस्ताका एक होनहार व्यक्ति गुमाउनु परेको पीडा व्यक्त गर्नु भयो । उनीहरुले मन्त्री अधिकारी तथा अन्य मृत्यूबरण गर्नुहुने व्यक्तिहरुसंगको भेटघाटका अतितहरु संझदै ताप्लेजुङ र पाथीभरा मन्दिरको बारेमा धेरै जानकारी दिए ।
फागुन १५ गते बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ । दुर्घटनामा पाइलटसहित हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा निधन हुनेमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु