
काठमाण्डौं । फागुन १७ । ताप्लेजुग को सिस्ने भिरमा भएको हेलीकप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शवलाई अन्तीम श्रदाञ्जलीको लागि अहिले टुडीखेलमा राखिएको छ । बाकसमा प्याक गरेर आएका शवहरुलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका नेता पुष्पकमल दाहाल, नेपाल सरकारका मन्त्रीहरु, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, नेकपाका सचिब बिष्णु पौडेल, पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, संवैधानीक निकायका प्रमुखहरु, प्रधानसेनापती, नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु, बिभिन्न राजनैतिक दलका नेताहरु लगायले श्रदाञ्जली अर्पण गरेका छन् ।
श्रदाञ्जली कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले दिवंगत भएका सातै जनाको शवमा फुलको माला अर्पण गर्नुभएको छ । दिवंगत भएका मन्त्री अधिकारीको शवमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका नेता पुष्पकमल दाहालले पार्टीकोे झण्डा ओडाएर अन्तीम श्रदाञ्जली प्रकट गरेका छन् ।
श्रदाञ्जली कार्यक्रम आज बिहान ८ बजे देखि ११ बजे सम्म टुडीखेलमा राखिने र त्यसपछि मन्त्री अधिकारी बाहेक अन्य दिवंगत भएकाहरुको शव परिवारलाई जिम्मा लगाइने छ । मन्त्री अधिकारीको भने नेकपाले राजकीय सम्मानका साथ दाहसंस्कार गर्ने कार्यक्रम रहेको बताइएको छ ।


