
किसोर सेढाई १८ फागुन, काठमाडौं । काठमाडौंमा अन्तराष्ट्रिय अहिंसा शान्ति सम्मेलनको आयोजना गरिएको छ । सो सम्मेलनको आज पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले गर्नु भयो ।
सो सम्मेलनको उदघाटन गर्दै माधव कुमार नेपालले नेपालका शान्तिका दुत गौतम बुद्ध र भारतका शान्तिका अग्रज महावीरले संसारमा शान्तिको सन्देश दिएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता तथा युवा नेता विश्व प्रकाश शर्माले धर्म र संस्कृतिले मानिसलाई एक आपसमा जोडने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै नेपाल जैन परिषद्का अध्यक्ष फुलकुमार वागवणीले नेपाल सदियौं दिेखि ऋषि मुनीहरु देश रहेकाले नेपालले विश्वलाई शान्तिको सन्देश दिन सक्ने बताउनु भयो । यसैगरी अध्यक्ष वागवणीले आगामी अप्रिल १७ मा काठमाडौंमा महावीर जयन्तीको आयोजना गरिने र यो कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषदको सहकार्यमा गरिने समेत बताउनु भयो ।
कार्यक्रममा लक्ष्मण देश सन्तले पनि शाकाहार जीवन अति उत्तम हुने र समाजमा अन्धविश्वासका रुपमा रहेको पशुबली प्रथालाई निषेद गरिनु पने बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै भारतको मुम्बईबाट आएका समस्त महाजन समाजका दीनेश नौलाखा र नितिन भाईले बोहराले पनि शाकाहार जीवन अति उपयोगी हुने बताउनु भएको थियो ।
यसअघि नेपाल जैन परिषद, श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल र भारतको मुम्वईमा कार्यरत समस्त महाजन सस्थाको आयोजना र नेपालका अहिंसा प्रेमी संस्थाहरुको सह–आयोजनमा आयोजना हुन लागेको यस कार्यक्रममा हजारौ मानिसहरुको सहभागीता रहेको थियो । विभिन्न संस्थाहरुको ब्यानर, प्लेकार्ड, झांकी सहित सहभागी रहने सो शोभा यात्रा काठमाडौं डिल्लीबजार चारखाल चोक श्रीकृष्ण प्रणामी मन्दिरबाट विहान ८ बजे शुरु भई पुतली सडक, कृष्ण पाउरोटी, जैन भवन हुदै नारायण चौर नक्साल स्थित स्टार भेन्यूमा पुगि सभामा परिणत भएको थियो ।
आजको अहिंसा शान्ति सम्मेलनमा देशमा बढ्दै गएको हत्या, हिंसा, अपहरण, वलत्कार, भ्रस्टचार जस्ता अपराध बृद्धि हुनुमा मांसाहार, मद्यपान, जुवातास, लागू औषध सेवन, मन्दिरमा हुने गरेको पशुवली जस्ता कुलत र कुसंस्कारको महत्पूर्ण हात रहन्छ भन्ने प्रस्ट पार्नको लागि प्रवचन, विचार प्रवाह, छलफल, निस्कर्ष र अशिंसा र शान्ति प्रवद्र्धन सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन कार्ययोजना र भावी नीति तथा कार्यक्रमहरु तय गरिएको छ ।
यसैगरी अहिंसा आन्देलनको कार्यक्रम अनुसार भोलि फाल्गुण १९ गते चितवनको देवघाटमा विहान ८ बजे मन्दिर दर्शन तथा पुजाबाट अहिंशा शान्ति सम्मेलनको दोश्रो दिनको कार्यक्रम शुरु भै दिउसो १२ बजे चितवन, नारायणगढमा विभिन्न संघ संस्थाहरुको सहभागीतामा शोभा यात्रा गरिने कार्यक्रम रहेको श्रीकृष्ण प्रणामी युवा परिषदका केन्द्रीय अध्यक्ष नमराज ढकालले बताउनु भएको छ । यसैगरी भोलि दिनको ३ बजे नारायणघाट उद्योग वाणीज्य संघको हलमा अहिशा, शाान्ति गोष्ठिको आयोजना गरिएको छ । सो गोष्ठिमा प्रदेश नं.३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा विभिन्न संघ संस्थाहरुका विशिष्ठ व्यक्तिबाट देशमा हत्या, हिंशा बढ्नुमा पशु वली तथा मांशाहार बारे विचार प्रस्तुत गर्नुका साथै सो विषयमा अन्तरकृया समेत गरिने कार्यक्रम रहेको छ ।
सम्मेलनले शान्त र सम्बृद्ध साकाहारी समाज निर्माण गर्ने मठ मन्दिरमा बलीको नाममा हुंदै आएका हत्या हिंसा, पशु हिंशा विरुद्धको व्यापकरुपमा जनसचेतनामूलक कार्ययोजना र महत्वपूर्ण घोषणाहरु पनि हुने कार्यक्रम रहेको छ । विगत २८ वर्ष देखि नै नेपाल जैन परिषद् र श्री कृष्ण प्रणामी समाज बीच अहिंसा र शाकाहार सम्बन्धी जनसचेतना तथा विविध सामाजिक सेवाका कार्यहरुमा सहकार्य हुँदै आएको छ र भविस्यमा पनि सहकार्य रहने नेपाल जैन परिषदका अध्यक्ष फुलकुमार लालवणीले बताउनु भएको छ ।
अहिंसा शान्ति सम्मेलन कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष नमराज ढकाले गर्नु भएको थियो ।


