
फागुन १८ हेटौंडा
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट हेटौंडामा राष्ट्रिय औद्योगिक तथा व्यापार मेला सुरु भएको छ ।
प्रमुख अतिथि प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पैडेलले मेलाको उद्घाटन गर्दै स्थाई राजधानीको टुङ्गो लगाउन आफ्नो कुनैपनी हात नभएको बताएका छ्न। उनले भने “राजधानीको नामक्रमण र स्थानको बारेमा मेरो मात्रै कुरा निहितमा नहुने भएकोले यो या त्यो बोल्न सक्ने स्थिति छैन ।”
हेटौंडाकै बासी भएकाले म प्रति हेटौंडावासी आशावादी हुनुपर्ने स्वाभाविक हो म प्रयत्नमै छु उनले बताए ।
हाल प्रदेश सरकार युवा लक्ष्यित थुप्रै कार्यक्रम ल्याएको छ जसको कारण युवा बिदेश पलायन क्रमश घट्दै छ जुन कुरा खुशीको पक्ष हो पौडेलले भने । कृषि क्षेत्रमा सरकारको थुप्रै लगानी गरेको छ , सरकार आयात घटाउने निर्यात बढाउने सोचमा छ ।
साथै मुख्यमन्त्री पौडेलले पछिल्लो समय मेलाको नाममा भीड जम्मा गर्न र मञ्चमा मनोरञ्जनको नाममा अश्लिलता प्रदर्शन गर्ने परम्परालाई अन्त्य गर्दै आफ्नो गाउँठाउँका उत्पादनलाई प्रबद्र्धन तथा प्रदर्शन गर्न र आफ्नो कला,संस्कृतिलाई प्रबद्र्धन,संरक्षण गर्न आग्रह गरेका छन् ।
कला संस्कृतिको नाममा पश्चिमा संस्कृतिलाई प्रदर्शन गर्ने र आफ्नो संस्कृतिलाई छायामा पार्ने काम हुँदै आएकोले आफूले त्यसो नगर्न मकवानपुर उद्योग वाणिज्य संघलाई सुझाव दिएको थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चण्डिराज ढकाल, प्रदेश सांसद मुनु सिग्देल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको थियो।लालखबर बाट


