
फागुन २०, काठमाडौं । विश्वमा रहेका समग्र हिन्दुहरुको विशेष पर्व महाशिवरात्रि पर्व नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
यसै उपलक्षमा विश्वमै भगवान शिवको मुख्य चार मन्दिर मध्ये रहेको काठमाडौंको पशुपति मन्दिरमा विहानै देखि दर्शनार्थी भक्तजनहरुको भीड लागेको छ ।
पशुपति क्षेत्र विकास कोषले यस पटक गतवषझै मित्रपार्कबाट गौरीघाट हुँदै उमाकुण्ड हुदै रुद्रगाडेश्वर उत्तरढोकाबाट मन्दिर प्रवेश, जयवागेश्वरी भुवनेश्वरी हुदै सानो फलामको ढोकाहँदै पश्चिम ढोकाबाट १ लाष्न, बत्तिसपुतली, गौशाला तथा एएरपोर्ट गौशालाभएर पिङ्गलास्थान —सुमार्गी भवन अगाडि हुदै दक्षिणढोकाबाट १ः१ लाइन । तीलगंगा राममन्दिरतर्फबाट आवश्यकता अनुसार १ लाइनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
यसैगरी सर्वसाधाराण्को पाकिङ्ग व्यवस्थापनको लागि तीलगंगा उत्तरतर्फ,पशुपति क्षेत्र विकास कोषको कार्यालय बनकाली, सिफल चौर, गुहेश्वरी पारी । एयरपोर्ट ,गौशाला चावहिलको रिङ्गरोडमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखि एकतर्फी सवार गुडन दिने समेत मिलाइएको गौशाल प्रहरी बित्तले जनाएकेf छ ।यसैगरी बिृकतिको रुपमा पशुपति मन्दिरको पश्चिम ढोका अघि भीक्षा माग्न बसेका साधुगणलाई केही संस्थाहरुले खुल्ला रुपले सिगरेट बाँढेको पनि देखियो


