दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रियंका र आयुष्मानले गरे प्याड वितरण (भिडियो)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते, बुधबार २०:१२

काठमाडौँ। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम गरेका छन् । प्रियंका र आयुष्मानसँगै प्रियंकाकी आमा पनि समावेश उक्त कार्यक्रममा फाउण्डेशनले आइतबार र सोमबार गरि धनुषा जिल्लाका तीन विद्यालयमा महिलामैत्री शौचालय निर्माण तथा हस्तान्तरण साथै हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने १० वटा बोटबिरुवा, २ थान कुहिने र नकुहिने डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरेको छन् ।

वितरण गरिएको प्याड कपडाबाट बनेको यस प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने नायिका प्रियंका कार्कीले बताइन् । न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर प्रियंकाले छात्राहरुलाई प्रयोग गर्ने तरिका समेत सिकाएकि थिइन् भने चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री भएको एउटा झोला वितरण गरिएको थियो ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु