दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालको व्युटी क्षेत्रको बेग्लै शान तथा गौरब पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ फाल्गुन २७ गते, सोमबार १२:५७

फागुन २७,काठमाडौं। नेपालको व्युटी क्षेत्रमा बेग्लै शान तथा गौरबता कायम भएको छ। त्यो शान तथा गौरबता पूनम व्युटी क्लबकी चर्चित व्युटीसियन पूनम श्रेष्ठले कायम गरेकी हुन्।
पूनमले बेलायतको सर्वोत्कृष्ट व्यावसायिक तालिम च्यारिटेवल ट्रष्ट भीटीसीटीवाट ब्राइडल मेकअपमा भीटीसीटी लेभल ३ अवार्ड प्राप्त गरेकी छन्। केहीदिन अघि बेलायतको भीटीसीटीले भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्वव्यापी परीक्षामा नेपालवाट सर्वोत्कृष्टता हासिल गर्ने एकमात्र व्युटीसियन पूनम श्रेष्ठले भीटीसीटी लेभल ३ अवार्ड इन एसिया ब्राइडल मेकअप पाएकी हुन्।

ब्राइडल मेकअपमा थ्यौंरिकल तथा प्राक्टिकल परीक्षा दिएर पूनमले एसियावाटै सर्वोत्कृष्टता हासिल गर्न सफल भएकी हुन्। ब्राइडल मेकअप अर्थात दुलही मेकअपमा विशेषता तथा विज्ञता नै प्राप्त गरेकी पूनम व्युटीसियन क्षेत्रमा लागेको पनि यो बर्षवाट १५ बर्ष पुगेको छ। १५ बर्ष लामो अनुभवको सर्वोत्कृष्ट अवार्डको रुपमा आफूले लिएको पूनमले भनेकी छन्।

पाल्पा तानसेनकी पूनमले काठमाडौंको पुतलीसडकस्थित सीपी व्युटीपार्लर तालिम इन्ष्टिच्यूटमा तालिम लिएर पाल्पामा पूनम व्युटी क्लव शुरु गरेकी थिइन्। जुन अद्यावधिक पाल्पाकै उत्कृष्ट व्युटी क्लवको रुपमा रहेको छ।

पाल्पाको अपार सफलतापश्चात केही बर्षअघिवाट मात्र ललितपुरको सानेपा स्थित खरिवोट चोकनेर सुविधा सम्पन्न पूनम व्युटी क्लव स्थापना गरेर व्युटी क्षेत्रको सर्वोत्कृष्ट सेवा प्रदान गर्ने कार्य भैरहेको छ।

आफ्नै दिदी जीवलक्ष्मी श्रेष्ठको प्रेरणावाट व्युटी क्षेत्रमा लागेको बताउने पूनमले नेपालका प्राय सेलिब्रेटीहरुलाइ व्युटीफिकेसन गर्ने कार्य गरिसकेकी छन्। घरानिया महिला दिदीबहिनीहरुको उत्कृष्ट रोजाई पनि पूनम व्युटी क्लव रहेको छ।

कयौं महिला दिदीबहिनीहरुलाई व्युटीफिकेसनका तालिम दिएर रोजगारी दिने कार्य पनि पूनम व्युटी क्लववाट भएको छ। देशको मात्र होइन, विश्वकै नमूना व्युटी क्लवको रुपमा विकास गर्दैलाने पूनमको सोच र योजना रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु