दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओखलढुङ्गा सेवा समाज जापानले गरे मृगाैला पिढितलाई आर्थिक सहयाेग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र ५ गते, मंगलवार १६:०४

चैत-५,काठमाडौ। राेजगारीकाे सिलसिलामा जापानमा रहेका युवाहरुकाे सकृयतामा गठन गरिएकाे ओखलढुङ्गा सेवा समाज जापानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन्। समाजका अध्यक्ष सन्ताेष बानियाँका अनुसार ओखलढुंगा जिल्ला सुनकोसी नगरपालिका सिस्नेरीका मृगौला पीडित भेषकुमारी थापालाई आर्थिक सहयोग गरिएको हो।सहयोगी समाजको समितिमा रहेका उपाध्यक्ष सुरेश घिमिरे,सचिब फडिन्द्र पाेखरेल र काेषाध्यक्ष बिमल कार्किकाे समेत प्रमुख सकृयतामा जापानमा राेजगारी गरिरहेका नेपालीहरुबाट ६१ हजार १ सय रकम पीडितलाई हस्तान्तरण गरिएको हो।पीडित भेषकुमारी लामो समयदेखि शिक्षण अस्पताल काठमाडौमा उपचाररत हुनुहुन्छ। आर्थिक अबस्था नाजुक भएकाे र उपचारमा समस्या परेकाे ले उपचारमा सहयाेग पुगाेस भनेर हेतुले आफुहरुले श्रम गरेर कमाएकाे रकमकाे केहि हिस्सा सहयाेग गरेकाे ओ खलढुङ्गा सेवा समाज जापानका उपाध्यक्ष घिमिरेले जानकारी दिनु भयाे । संकलन गरिएकाे उक्त रकममा रुपैया ५ हजार थप गरि ओखढुङ्गा बाट प्रतिनिधिसभामा निर्बाचित सभासद यज्ञराज सुनुवारले सहयोगीलाई स-धन्यवाद सहित पीडितलाई हस्तान्तरण गर्नु भयाे । उक्त ओखलढुङ्गा सेवा समाज जापान ले अग्नि पिडित लगाएत अन्य क्षेत्रमा पनि सहयाेग गर्दै आएकाे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु