तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गैर आवासीय नेपाली संघ अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १२ गते, मंगलवार १४:३३

चैत १२, लण्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । यही २४ मार्चमा यूरोप क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ । बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा युरोप क्षेत्रका एनसिसिका अध्यक्ष तथा महासचिवहरु, आइसिसि सदस्यहरु युरोप क्षेत्रका उपसयोजक हरु महिला उपसयोजक, युवा उपसयोजकको पनि सहभागिता रहेको थियो । संस्थाले बिगतमा गरेका गतिविधिको समिक्षा गर्दै आगामी कार्ययोजना तयार गर्न आयोजना गरिएको यस बैठकले युरोप क्षेत्रका आगामी कार्ययोजनामा संघको सदस्यता बितरण तथा नवीकरण लाई व्यबस्थित रुपमा युरोपका सबै देशहरुमा अब तुरुन्तै शुरु गर्ने सवै एनसिसिहरुले यो समरमा नेपाल महत्सोवको आयोजना गरि नेपाल भ्रमण वर्ष २०२० को व्यापक प्रचार प्रसार गर्ने र यस बर्षको युरोप क्षेत्रको क्षेत्रीय भेला आगामी अगष्ट ३ र ४ मा इटलीको रोम शहर भब्य रुपमा आयोजना गर्ने निर्णय गरेको बरुवालले जनसवाल दैनिकलाई जानकारी दिए ।
बैठकबाट १२ औँ युरोपेली भेलालाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पुर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरि एक मुल आयोजक समिती गठन गरेको छ । युरोप उप–संयोजक गोबिन्दप्रसाद गौतमले सञ्चालन गरेको बैठकमा युरोप क्षेत्रका महिला उपसयोजक, युवा उपसयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नयाँ डिजिटल प्रविधीलाई सहज बनाउनुपर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने धारणा राखेका थिए । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा गरेका थिए ।
बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिला राज भन्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । युरोपका २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरु, आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु महिला उपसयोजक, युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो । जनसवाल डटकम मा समचार छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु