दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संघीय संसद का दुबै सदनमा भाषाविज्ञको अभाव,

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १४ गते, बिहीबार ८:३६

गंगा बराल, काठमाडौँ ।
संघीय संसदका दुवै सदनमा सांसदहरूले विभिन्न भाषामा बोलेका कुरा नेपालीमा अनुवाद गर्न अनुवाद इकाई स्थापना गरिएको छ । तर उक्त इकाईमा विभिन्न भाषाअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कुन सांसदले के बोले भन्नेबारे संघीय संसद सचिवालय नै अन्यौलमा पर्ने गरेको पाइएको छ ।

प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाअन्तर्गत रहेको सम्पूर्ण विवरण शाखामा अनुवाद इकाई रहेको छ । महाशाखाका सहसचिव बंशिराज पौडेल विभिन्न भाषाका विज्ञ वा कर्मचारी नहुँदा अहिलेसम्मको अनुवाद गर्न नसकिएको बताउनुहुन्छ ।

अनुवाद गर्ने कर्मचारी नभएकाले नयाँ वजेटमा यसका लागि वजेट छुट्याउन सुझाव दिने बताउँदै उहाँ भन्नुहुन्छ ‘नेपालीबाहेक अन्य भाषाको अभिलेखमा राख्न पाइएको छैन । नेपाली भाषाबाहेक अरु भाषामा बोले अन्य भाषा भनेर उल्लेख गर्ने गरिएको छ ।

सम्पूर्ण विवरण शाखाका उपसचिव नारायणप्रसाद ढकाल पनि भाषा अनुवादक नभएकाले काम गर्न नसकिएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘सांसदले कतिवटा भाषामा बोल्नुहुन्छ र कतिजना अनुवादक चाहिन्छ भन्ने टुंगै छैन ।’
तर अहिलेसम्म सांसदले बोलेका भाषाको गणना गरेर अनुवादक राख्न सकिने ढकाल तर्क गर्नुहुन्छ । संसदमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी, नेवारी, बज्जिका लगायतका भाषा बढी बोल्ने सांसदहरुको उपस्थिति छ ।

संसदका तत्कालीन सहसचिव सोमबहादुर थापाको संयोजकत्वमा बनेको समितिले गरेको संगठन तथा व्यवस्थापन (ओएन्एम्) सर्वेक्षणमा अनुवाद इकाई पनि राखिने उल्लेखअनुसार यो इकाई राखिएको थियो ।

सर्वेक्षणले संघीय संसद् सचिवालयमा ४ सय ३५ कर्मचारी रहने सांगठनिक संरचनासहितको विवरण पेश गरेको थियो । २०६८ सालको जनगणनाअनुसार नेपालमा १ सय २५ वटा जाति रहेका छन् भने १ सय २३ वटा मात्रृभाषा रहेका छन् ।

अनुवादक इकाइका एकजनामात्र शाखा अधिकृत रोशन तण्डुकार पनि अहिलेसम्म अनुवादको केही काम नभएको स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘अनुवाद गर्ने भनिएको छ तर विज्ञ अनुवादक नै छैनन् । अनुवाद गरिएको विवरण सही÷गलत रुजु गर्ने जनशक्ति पनि छैन ।’

इकाईमा नेपाली वृहत शब्दसागर, नेपाली शब्दकोष, अंग्रेजी–नेपाली वृहत शब्दकोषका पुस्तकहरु राखिएका छन् । अनुवाद गरिएको पुस्तिका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद सचिवालयको पुस्तकालयमा १÷१ प्रति उपलब्ध गराइन्छ। समचार समचार दैनिक मा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु