दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ बर्षमा लमजुङको तिनपिप्लेमा खुल्ला फुटबल प्रतियोगिता हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १४ गते, बिहीबार १६:३६

लमजुङ, १४ चैत्र – नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. सात हजार दिईने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एबम् नगरपालिकाबाट समेत क्लबहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी क्लबका अध्यक्ष हरिराम अधिकारीले दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु