दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यूएईले नेपालमा लगानी गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १६ गते, शनिबार २०:०९

काठमाडौ, १६ चैत्र । खाडीको दोस्रो ठुलो अर्थतन्त्र यूएईले नेपालमा लगानी गर्ने भएको छ । लगानी सम्मेलनमा भाग लिन काठमाण्डु आइपुगेका यूएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार सहायक सचिव अब्दुल्लाह अल सलेनीले यूएईको सरकारी र निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक भएको बताए ।

हामी किन नेपालमा लगानी गर्न चाहन्छौँ ? भन्दै उनले भने ‘नेपालको लागि यूएई तेस्रो ठुलो व्यापारिक साझेदार हो, हामीबीच वार्षिक ३० करोड डलरको व्यापार हुन्छ ।’

उनले यूएई नेपालको रणनीतिक आयोजनामा लगानी गर्न इच्छुक रहेको बताए । ‘हामी नेपाली कम्पनीसँग साझेदारी गरी काम गर्न चाहन्छौँ,’ उनले भने,‘ नेपाल भारत र चीनजस्ता ठुला अर्थतन्त्रको बीचमा भएकाले पनि लगानीको लागि अवसर हुन्छ ।’

यूएईले भारत र चीनसँग पनि व्यापार साझेदारी गरिरहेको र नेपालसँग लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता पनि गरेकाले लगानीको लागि आकर्षक स्थान भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु