दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायिका प्रियंका कार्कीका दुई आमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १६ गते, शनिबार २०:१५

काठमाडौँ । रजतपटकी नायिका प्रियंका कार्कीका दुई आमा छन् । उनी भुपेन्द्र कार्की र रक्षा मल्होत्राकी सुपुत्रीको रुपमा जन्मिएकी हुन् । सामाजिक सञ्जालमा सक्रिय रहने प्रियंकाले बुवा भुपेन्द्र कार्की र कान्छी आमा अंगु कार्कीसँगका थुप्रै फोटो सामाजिक संजालमा पोष्ट गर्छिन् । हालै प्रियंकाले सौतेनी आमा अंगु कार्कीको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा तस्बीर पोष्ट गरेकी छिन् । फोटो र उनका पोष्ट हेर्दा लाग्छ कि प्रियंकाकोसँगको सम्बन्ध निकै आत्मीय छ ।

उनले अंगु कार्कीलाई जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाई एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो सुन्दर परिवारलाई एक बनायो । एउटा यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबीचको सम्बन्ध मायाले बाँधिएको छ । नुनु, तपाईंलाई जन्मदिनको शुभकामना । मलाई हामीबीचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’ जन्मदिनको कार्यक्रममा प्रियंकाका प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी पनि उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु