दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री द्वारा हुरीबाट प्रभावित र घाइतेसँग भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १९ गते, मंगलवार २:१५

चैत १९, काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए।
पूर्वी नेपालको झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली आज सोमवार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्। प्रधानमन्त्री ओली भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेर पीडितकहाँ पुगेका थिए। प्रधानमन्त्री ओलीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशनसमेत दिए। कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको ब्रिफिङ गरेका थिए। गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले हालसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए। हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु