
चैत १९ हेटौंडा
बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास पुर्ननिर्माणका लागि तीन नम्बर प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
साथै बैठकले हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारप्रति समवेदना प्रकट गरेको छ ।
सोमबार प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त क्षेत्रको अवलोकन गर्दै मृतकका परिवार र घाइतेलाई भेटेका थिए ।समचार लाल खबर डट कम मा छ।


