दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि देशको विभिन्न पहाडी भू–भागमा मेघ गर्जका साथै हावाहुरीको सम्भावना विभागको मौसम पूर्वानुमान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र १९ गते, मंगलवार १४:३४

चैत १९, काठमाडौं
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशको विभिन्न पहाडी भू–भागमा मेघ गर्जका साथै हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

अपरान्ह पश्चात देशको पुर्वी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना रहेको जनाएको हो ।

त्यस्तै दिउँसो देशको पुर्वीलगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागहरुमा आंशिक बदलि रहने जनाएको छ ।

राति भने देशको पुर्वी भू–भाग लगायात मध्य पहाडी भु–भागमा आंशिक बदली रहनेछ बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ भने देशको पुर्वी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ ।

चैत्र २० गते बुधबार दिउँसोः देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ । अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जनका साथ हावाहुरी सहित क्षणिक वर्षाको संभावना देखिएको महाशाखाको भनाई छ।

बुधबार रातिदेखि देशको पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पुर्वी भु–भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।

अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू–भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

राति देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहनेछ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु