तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

SEE TOP MODEL ICON 2019’को लागि धमाधम नाम दर्ता गरिंदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २२ गते, शुक्रबार १८:०२

काठमाडौँ – केहि साता अघि राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘SEE TOP MODEL ICON 2019’ हुने जानकारी गराईएको थियो । Galaxy Multi Media & Events ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा एसइइ दिएका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । एसइइ दिएका बिद्यार्थीहरुको कार्यक्रममा सहभागि हुने उत्सुकता निकै नै बढेको छ रजिस्ट्रेसन खुल्ला गरे देखि अहिले सम्म काठमाडौँमा ५०० भन्दा बढीले SMS मार्फत आफ्नो नाम दर्ता गराई सकेका छन् भने दमौलीमा ४०० जना भन्दा बढीले नाम दर्ता गराई सकेका छन् ।

काठमाडौँ र दमौलीमा हुने उक्त प्रतियोगिता राजधानी काठमाडौँ र दमौलीमा छुट्टा छुट्टै मितिमा हुनेछ । हिजो आज सौन्दर्य प्रतियोगिताहरु धेरै नै हुने गरेका छन्। ति प्रतियोगिताहरु सबैको आ आफ्नो उदेश्य र ढांचा हुन्छन । यस कार्यक्रमको मुख्य उदेश्य भनेको एसइइ दिएका बिद्यार्थीहरुको क्षमता बृद्दी संगै प्लस टु अध्ययनको लागि सहयोग पुर्याउनु रहेको छ । काठमाडौँ अडिसन चैत्र २९ र ३० गते र बैशाख ३ गते हुनेछ भने दमौली अडिसन चैत्र २५ र २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

‘SEE TOP MODEL ICON 2019’ सहभागी हुन चाहनेले आफ्नो SMS मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । काठमाडौँमा हुने अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ त्यस्तै दमौली अडिसनमा सहभागी हुन चाहनेले आफ्नो मोबाइलबाट STIM2 Space name space address space Contact Number टाइप गरि 31007 मा पठाउनु पर्नेछ।

कार्यक्रममा टेक्सास इन्टरनेसनल कलेज,हिमालयन ह्व्याइट हाउस,क्यानभास इन्टरनेसनल,रेडन कलेज,पुष्पलाल मेमोरियल कलेज,लिचि एजुकेसन पार्क,परासर कलेज दमौलीमा पढ्नको लागि छात्रवृत्ति पाउनेछन् ।

प्रतियोगितामा विजेताले स्कुटर,नगद १ लाख,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति,बृज कोर्स,अफिसियल म्युजिक भिडियो खेल्ने अवसरका साथै अन्य थुप्रै गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । द्वितीय हुनेले नगद १ लाख १० हजार,ब्यांकक टुर,प्लस टु मा अध्ययनको लागि शत प्रतिशत छात्रवृति प्राप्त गर्नेछन । सम्पूर्ण सहभागीले प्लस टु पढ्नको लागि ५० प्रतिशत छात्रवृति प्राप्त गर्नेछन् । कार्यक्रमको फाइनल प्रतिस्पर्धा जेष्ठ महिनाको अन्त्य तिर हुने इभेन्ट डाइरेक्टर प्रकाश घलेले जानकारी दिए । थप जानकारीका लागि ०१४८२३९४८ मा फोन गरेर जानकारी लिन सकिनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु