
काठमाडौँ, चैत २३ । जिल्लामा उत्पादित सामग्रीको प्रवद्र्धनसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले आगामी बुधबारदेखि ललितपुरको मङ्गलबजारमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला, ‘२०७५’ को आयोजना गरिने भएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने अन्तर्राष्ट्रिय व्यापार मेला पाँच दिनसम्म चल्नेछ । जिल्लाभरमा रहेका स्थानीय उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्न वर्षेनी गर्दै आएको महोत्सव यसवर्ष पनि निरन्तरता दिन लागिएको सङ्घले जनाएको छ । महोत्सवले स्थानीय स्रोत र साधनको प्रयोग गरेर उत्पादित सामग्रीको बजार विस्तारमा सहयोग पुग्ने आशा गरिएको सङ्घका महासचिव मनोजबहादुर न्याछ्योँले बताउनुभयो । महोत्सवले समग्र जिल्लाका उद्योग व्यवसायलाई समेट्ने आयोजकको दाबी छ । यही चैत २७ बाट शुरु हुने महोत्सव आगामी वैशाख १ गते सम्म सञ्चालन हुनेछ ।


