दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशको आर्थिक विकासका लागि आवश्यक पर्ने ऐन, नियम, कानूनका साथै भौतिक पूर्वाधार निर्माणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्छ : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ चैत्र २६ गते, मंगलवार ११:३२

चैत २६,काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रसँग साझेदारी गर्दै अघि बढ्ने नीति अङ्गीकार गरिएको बताएका छन् । ‘कानूनी सुधारः समृद्धिको आधार’ विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसङ्घको सोमबार राजधानीमा भएको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रलाई सधै सघाइरहने बताए ।
“देशको आर्थिक विकासका लागि आवश्यक पर्ने ऐन, नियम, कानूनका साथै भौतिक पूर्वाधार निर्माणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्छ, पारदर्शी ढङ्गले औद्योगिक क्षेत्रमा लगानी गर्नुहोस्”, मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बेच्ने, नक्कली कारोवार र अपारदर्शी गतिविधि निरुत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने । स्वदेशी उद्योगलाई प्रोत्साहन एवं संरक्षण गर्न सरकार दृढ रहेको बताउँदै उनले अनैतिक र ठगी गर्नेजस्ता गतिविधि नगर्न आग्रह गरे । कुनै पनि बहानामा अब आर्थिक विकास गर्न सकिएन भन्नुपर्ने अवस्था नरहेको तथा अब राजनीतिज्ञ, उद्योगपति, व्यापारी र उच्च कर्मचारीतन्त्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले निजी क्षेत्रलाई यन्त्र, प्रविधि, कच्चा पदार्थलगायत क्षेत्रमा सघाइने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको उर्वर भूमि, अपार जलस्रोत र खनिज पदार्थले समृद्धिको मार्गमा सघाउने भएकाले तिनको उपयोगका लागि प्रविधि र पूँजी जुटाउन आफू लागिपरेको जानकारी दिँदै प्रधानमन्त्रीले गत साता राजधानीमा सम्पन्न लगानी सम्मेलनले बाह्य लगानीको वातावरण तयार पारेको बताए । उद्योग, व्यवसाय र आर्थिक गतिविधिका निम्ति अनुकूल वातावरण तयार भएकाले राष्ट्रिय हित र अर्थतन्त्रको विकासका लागि समाजका सबै वर्गले समस्या मात्र देखाएर नभई समाधान गरेर प्रगतिपथमा अग्रसर हुनुपर्ने बताए । उनले भने, “उत्पादकत्व वृद्धि, रोजगारी अभिवृद्धि, सबल अर्थतन्त्र र यसमा आत्मनिर्भरता हाम्रो अहिलेको लक्ष्य हो ।”
त्यस अवसरमा प्रधानमन्त्रीले निकासी प्रवद्र्धनमा योगदान गरेका डिएचएल एक्सप्रेस, रिलाइन्स स्पिनिङ मिल्स र जगदम्बा स्पिनिङ मिल्सलाई सम्मान गरे । त्यसैगरी उनले नेपालको औद्योगिक प्रवद्र्धनमा सक्रिय सहयोग गरेकामा ‘सिएनआइ अध्यक्ष सम्मान’बाट बालकृष्ण श्रेष्ठ, शिवरतन शारदा, पवन गोल्यान, विजय शाह र सिएनआइका पूर्वअध्यक्ष नरेन्द्र बस्नेतलाई अभिनन्दन गरे । सोही समारोहमा प्रधानमन्त्रीले परिसङ्घले यसै वर्ष आयोजना गरेको पूर्वाधार सम्मेलनका सुझावको सँगालोको पनि विमोचन गरे ।
अर्थमन्त्री डा युवराज खतिवडाले समृद्धिको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखिएको यथार्थ सुनाए । उनले भने, “औद्योगिक विकासको बाटो खुलेको छ, नियम कानून क्रमशः परिमार्जन हुँदैछन्, शासकीय सुधारका कामलाई पनि गतिशील तुल्याइएको छ ।” सेवा र वस्तुको निर्यात गर्ने अवस्थामा नेपाल रहेको छ भन्दै उनले मुलुकमा लगानीको वातावरण बन्दै गएको बताए । परिसङ्घका संस्थापक अध्यक्ष विनोद चौधरीले राजनीतिको केन्द्रमा आर्थिक विकास रहेको अहिलेको अवस्थामा समृद्ध नेपालको अबको यात्रामा निजी क्षेत्रले साथ दिने दृढता व्यक्त गरे । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले बितेका तीन वर्षमा परिसङ्घले गरेका गतिविधि र यसले देशको अर्थतन्त्रमा पु¥याएको योगदानको चर्चा गरे । साधारणसभाले सोमबारै नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ ।समचार आजको जनसवाल दैनिक मा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु