
चैत २६, बनेपा ।सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड, बनेपा, काभ्रेपलाञ्चोकको आईतवार पाँचौ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भयो । संस्थाको सभाले आ.ब. २०७४÷७५ को बार्षिक लेखापरीक्षण विवरण प्रतिवेदन पारित , आ.ब २०७५÷७६ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको लागि निर्वाचन भएको छ । संस्थाले हालसम्म शेयरधनीहरुलाई लाभांश तथा बोनस शेयर वितरण गरेको छैन यद्यपी आगामी बार्षिक साधारण सभामा संस्थाको मूनाफाबाट उपयुक्त प्रतिशतमा लाभांश तथा बोनस शेयर वितरणको प्रस्ताव ल्याउन सकिने कुरा सभामा जानकारी एवं छलफल भएको थियो । उक्त आ.ब २०७४÷७५ मा संस्थाको खुद नाफा १ करोड ५५ लाख ७० हजार ८ सय अन्ठाउन्न रुपैंया रहेको छ । संस्थाको हाल चुक्ता पूँजी १० करोड पुगिसकेको छ ।


