दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ९ गते, सोमबार ६:१७

युगौ देखि सामन्ती सोच ले भरिएका नेपाली अगुवा हरुको एकछत्र शासन ले वाक्क भएका दमित आवाज हरु बेला बेलामा आगो का झिल्का बनेर सल्किए, झिल्का हरु ज्वाला बन्ने अवसर धेरै कम मात्र रह्यो! दैवी शक्तिको भय बिक्री गरेर श्रीपेच र चरण पादुका पुज्ने धार्मिक सामन्तवाद ले झण्डै ३ शताब्दी नेपाल को लालपुर्जा आफ्नो खल्ती मै राखे , पापी र धर्मात्मा को बर्गिकरण त्यही गरिन्थ्यो, राजप्रासाद को मदिरालयमा, भारदारी चाटुकार हरुको नारद प्रवृति ले जनता रैती भएका थिए! अलादिन को चिराग को सपना बाढेर शक्ति को परिक्रमा गर्ने भद्र भलाद्मी , धर्मका वकालत गर्दै धार्मिक संविधान को ठेली कोर्ने आवरण का धर्म गुरु हरु, सम्पूर्ण ज्ञान र वाक चातुर्यता लाई शक्ति बन्दनामा खर्चिने विद्वान हरुको चौघेरा मा बन्दी बनाइएका नेपाली जनता हरुका भावना मा खेल्दै कयौ पटक मानव हत्याको बर्बरता भैरह्यो तर हरेक बर्बरता ले केही नया नरमुण्ड लाई श्रीपेच पहिराउने र भजन गाउने कार्य बाहेक कुनै तात्विक परिवर्तन गराउन सकेन।
सम्भवत मुगल सम्राट द्वारा सिन्दुर चुरा पोते बिहिन हिन्दु नारी हरु प्रती को दुराचार युक्त सोच र कार्यको बचाव को खातिर कल्पिएको अर्को जघन्य पातकी कुकर्म सत्ती प्रथा लाई अन्त्य गर्ने ऐतिहासिक शाहस राणा जुद्द ले गरे जुन परिवर्तन स्वागत योग्य छ! तर बनारस बाट विद्वान बनिएका भन्ने हरु ले चलाएको क्रान्ति ले त्रिभुवन बि पि हरु लगायत केही घराना सजायो हसायो ,सुखानी तिर चिहान बनाएको क्रान्ती ले केही बामपंथी छाप लागेका हरु लाई श्रीपेच लगाइदियो, रोल्पा बाट बलेको भिमकाय ज्वाला ले हजारौं आत्मा रुवायो तर केही लाई मात्र पगरी गुथेर शक्तिशाली पारिदियो!हरेक क्रान्ति ले पात्र फेरेपनी प्रवृत्ति फेर्न सकेन।
जनताको आवस्यकता को नशा समातेर उरालिने नाराको भेलमा बगेर निथाचुर्ण भएका भावना का त्यान्द्रा बाट बटारिएर निर्मित डोरिको तुइन तर्दै तमोर को तिर अनि मुस्ताङको भिर माइखोला र खप्तड मा लागेको ठेस लाई औषधि गर्न र तिल्चौडे केशमा रंङ्ग भर्न सात समुन्द्र पारी जान सक्ने सामर्थ्य जोड्न सफल भएका सर्वाहारा नेताका जगजगी कोआरिस भनौ सोही अवसर प्राप्ति को महत्वाकांक्षा ले दिनहु उम्रीने क्रान्ति नामक बिषालु च्याउ को उन्मुलन नहुदा सम्म नेपाली मानव समुदायको समृद्धि संभव छैन।
प्रत्येक पाइला मा अवसरबादी हरुको पदचिन्ह भेटिन्छ, शक्ति को मदमा मातेका हरु मदहोस भैरहन्छन,बर्तमान शक्ति केन्द्रका कर्ता धर्ता ले यो शक्ति प्राप्त हुनाका कारण हरु अनि यो अवसर दिलाउने आधार खम्बा हरु लाई चटक्क बिर्सिनु दुर्भाग्य पुर्ण हुनजान्छ।
विशाल साम्यबादी साम्राज्य सोभियत युनियन मा क्रान्ती पछि समाज सफाइ अभियान बाट आफ्नै मित्र हरु सहकर्मी हरु लाई रेड स्क्वायर को चिहान मा थुपार्ने स्टालिन होस वा दोस्रो विश्वयुद्धको खलनायक जर्मन तानाशाह हिटलर सबैले आफ्नो कार्य लाई बैधानिक नबनाएका होइनन, तर राज्य शक्ति र सत्ता प्राप्त भएपछि जनता लाई चटक्क बिर्सेर रोम का शासक निरो को अनुसरण गर्दै बस्ने परिपाटी लाई त्यागेर मृत्यु पछि अमर रहने नेपाल समृद्धि को कल्पना लाई मुर्त रुप दिनको निमित्त खाडिमा उम्लिएर पोखिदो रगत, भारतमा सितैमा छरिदो नेपाली पसिना,धनी राष्ट्र का गगनचुम्बी महलको बलेसिमा जुता चम्काउदै गरेका महान नेपाली विद्वान हरु लाई मेची काली को नेटो भित्र अटाएर म नेपाली भन्न सक्ने बनाउन सके यो देश समृद्ध बनाउन कठिन छैन, अन्यथा शकुनि को जुवा राजनीति ले कौरव को नाश भए झै एकदिन हामी हाम्रो परिचय खोजिरहेका हुनेछौ अनन्त आकाश मा रुमलिएको बादल झै!

शम्भु प्रसाद गजुरेल
बेलकोट्गढी ९
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु