दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सापकोटाको संयोजकत्वमा दशौं ‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ छनोट कमिटी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २१ गते, शनिबार १८:५१

बैशाख २१,काठमाडौं ।गन्तव्य नेपाल गु्रपले हरेक बर्ष प्रदान गर्दै आएको पर्यटन क्षेत्रमा महत्वपूर्ण अवार्डको दशौं ‘टुरिजम म्यान अफ दी इयर अवार्ड २०१९’ का लागि सफल पर्यटन व्यवसायी कमल सापकोटाको संयोजकत्वमा सात सदस्यीय छनोट कमिटी घोषणा गरिएको छ ।
सापकोटा आफै पनि उक्त अवार्डबाट सम्मानित भइसकेको व्यक्तित्व हुनुहुन्छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का निवर्तमान अध्यक्षसमेत रहनुभएका उहाँ पर्यटन व्यवसायसँगै सामाजिक सेवामासमेत समर्पित हुनुहुन्छ ।

सापकोटाको संयोजकत्वमा बनेको अवार्ड छनोट कमिटीको सदस्यहरुमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का बरिष्ठ उपाध्यक्ष खुमबहादु सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुल बहादुर गुरुङ, नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव रमेश थापा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका अध्यक्ष कमला गुरुङ र नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)का पूर्व अध्यक्ष मनोजकुमार श्रेष्ठ (भँडेल) रहनुभएको छ ।

उक्त अवार्ड आगामी जेठ दोस्रो हप्तामा हुने गन्तव्य नेपाल गु्रपको १५औं वार्षिकोत्सव समारोहबीच प्रदान गरिने गु्रपका अध्यक्ष शिव अधिकारी (अविरल)ले जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रमा १ वर्षभित्र नयाँ ऐतिहासिक कार्य गरेर योगदान पुर्‍याएको, पर्यटन क्षेत्रका लागि चिरपरिचित व्यक्तित्वहरुमध्येबाट उत्कृष्ठ एक जनालाई उक्त अवार्डबाट सम्मानित गरिने भएकाले सोहीअनुरुप छनोट गर्न कमिटीलाई जिम्मेवारी दिइएको पनि अध्यक्ष अविरलले बताउनुभयो ।

छनोट कमिटीका संयोजक सापकोटाले आफुहरुलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष रुपमा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त अवार्डबाट अहिलेसम्म पर्यटन व्यवसायी सुमन पाण्डे, आङछिरिङ शेर्पा, विक्रम पाँडे, कमल सापकोटा, स्व. टेकचन्द्र पोखरेल, मोहन लम्साल, प्रतिष्ठा अमात्य विष्ट, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणी पौडेल, नेपाल पर्यटन बोर्डको तत्कालिन सिइओ सुभाष निरौला सम्मानित भइसक्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु