
बैशाख २२,काठमाडौं । सेन्ट जर्ज स्कुलमा शुक्रबार राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला (प्रदीप कुमार राई) र विद्यार्थी बिच अन्तक्रिर्या कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बिद्यार्थीहरुले वहाँलाई विभिन्न प्रश्नहरु सोधेका थिए । कक्षा आठ कि ओशिका दाहालले “तपाईंको कृती रास्ट्र गानको रुपमा छनौट हुँदा तपाईंलाई कस्तो महसुस भयो?
कक्षा आठकै पुणिमा खड्का ले”तपाईंलाई तपाईं नै छ्नौट हुनुहुन्छ भन्ने लागेको थियो त? कक्षा आठ कि अर्कि छात्रा रेजिना श्रेष्ठले तपाईं बाल्यकालमा कस्तो हुनुहुन्थ्यो? भन्ने जस्ता प्रश्नहरु बालबालिकाले सोधेका थिए । प्रश्नका उत्तर दिदै राईले “मलाई मेरो छनौटमा पर्ला भन्ने नै थिएन अनि छनौटमा परिसकेपछी संसार नै जितेको महसुस भएको थियो भने बाल्यकालमा देखी नै केहि गरौं भन्ने सोच राख्ने स्वभाव भएको बताए।
त्यस्तै पढ्नु पर्छ भन्ने भाव झल्काउने एउटा कविता पनि बाचन गरेका थिए । सबै बिद्यार्थीलाई आफ्नै देशमै बसि देशको लागी केहि गर्नुपर्ने र आफ्नो देशभन्न्दा ठुलो अरु कहि नभएको कुरा बताए । बाबुआमा, गुरु र आफुभन्दा ठुलाले भनेको सधैं मान्नु पर्ने र वहाँहरुले सधैं भलो चहाने कुराको प्रष्ट पार्नुभयो । साथै सबैभन्दा ठुलो सम्पत्ति भनेकै विधा हो र जसरि पनि पढ्नु पर्ने बताए । कार्यक्रमको सुरुवात बिधालयका प्रअ मेघराज बजगाईले राईलाई ढाका टोपि लगाएर स्वागत गरे भने कार्यक्रमको अन्त्यमा बिधालय ब्यस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले सबै बिद्यार्थीहरुले राईले भनेका कुराको मनन गर्दै आफ्नो रुचि अनुसार मेहेनत गरेर अगाडि बड्दा सफल भइने र सबै बिद्यार्थीहरुले अबका दिनमा सोहि अनुसार लाग्ने सफल हुने कुरामा बिश्वास लिएको बताए ।
अन्त्यमा आफ्नो निमन्त्रणालाई स्विकार्दै बिद्यार्थी माझ उपस्थित भैइ कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा राईलाई बिद्यालय र आफ्नो ब्यक्तिगत रुपमा धन्यवाद दिई कार्यक्रमको समापन भयो । कार्यक्रम समापनपछि बिद्यार्थी र शिक्षकहरुले सामुहिक तस्वीर खिचाएका थिए ।


