दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारत सरकार द्वारा नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणमा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते, सोमबार ८:२२

काठमाडौ । भारत सरकारले उदयपुरमा रहेको एक क्याम्पसलाई भवन निर्माणमा सहयोग गरेको छ ।
भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिका अनुसार भारतले चौदण्डीगढी नगरपालिकामा रहेको नारद आदर्श शिक्षा क्याम्पसको भवन निर्माणका लागि ३ करोड २ लाख रुपिँया सहयोग गरेको हो । शनिबार एक कार्यक्रमबीच प्रतिनिधिसभाका स्थानीय सांसद डा. नारायण खड्काले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. अजय कुमार विशेष अतिथि रहनुभएको थियो । सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापित यो क्याम्पसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ४ वर्षे बीएड् पढाई हुँदै आएको छ , यहाँ १ सय ३५ विद्यार्थी अध्ययनरत छन् । विद्यालयलाई सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नति भएको थियो । नवनिर्मित २ तले भवनमा १२ वटा कोठा, पुस्तकालयका साथै शौचालय र फर्निचरका सामानलाई व्यवस्थित गरिएको छ ।
उदयपुरका अतिरिक्त खोटाङ, सोलुखुम्बु, सप्तरी, सुनसरीलगायतका जिल्लाका विद्यार्थी लाभान्वित हुने दुतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु