दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मलेसियामा दुवै खुट्टा गुमाएका ढकाललाई ह्वीलचियरले जिवन दियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते, मंगलवार २२:३७

काठमाडौं । विगत लामो समयदेखि समाजमा रहेका अशक्त, दुःखी र गरिबहरुको लागि विभिन्न किसिमले सहयोग पु¥याउँदै आइरहेको समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुरले मलेसियामा रोजगारीमा रहँदा २०७० सालमा दुवै गोडा गुमाएका गोरखा सिरानचोकका बुद्धिबहादुर ढकाललाई कमोड सहितको ह्वीलचियर प्रदान गरेको छ ।
मलेसियाको कम्पनीमा काम गर्ने सिलसिलामा ३१ वर्षको उमेरमा दुवै गोडा गुमाउनुभएका ढकाल ३६ वर्ष पुग्नुभएको छ । श्रीमतीको साथ र भरोसाले अहिलेसम्म जीवन चलेको उहाँ बताउनुहुन्छ । ढकालले समाजवाद अध्ययन केन्द्र भक्तपुर, दाताका रुपमा ह्विल चियर सौजन्य गर्ने गोरखाकै माधव ढकाल, अमृत पाण्डे, विकल श्रेष्ठ लगायतको सहयोगमा आफूलाई ह्विल चियर प्रदान गर्न सहयोग गर्ने बाल्मिकी विद्यापिठका प्राध्यापक डा. भागवत ढकाल लगायतलाई धन्यवाद दिँदै आफ्नो सहज जीवनयापनमा सहयोग गरिदिनेलाई जीवनभर सम्झिने बताउनुभयो । उपचारका क्रममा हालसम्म १९ लाख ६७ हजार खर्च भएको र आईसीआरसीले गोडा हालिदिए पनि आफ्नो जीवन कमाएर खान नसक्ने भन्दै बुद्धिबहादुर र उनीकी श्रीमतीले भावविह्वल हुँदै आँसु बगाए । आफूलाई नभएपनि अपाङ्गतामा पनि सहयोग पु¥याउने आफ्नी श्रीमतीलाई रोजगारी भए जीवनयापन गर्न सहज हुने बुद्धिबहादुरको भनाई छ ।
बुद्धिबहादुरका लागि ह्विल चियर उपलब्ध गराउन सहजीकरण गर्ने समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले अपागंताको क्षेत्र बाह्य सहयोग भन्दा पनि राज्यले नै निश्चिित कानुन बनाएर सहयोग र जिवनयापनको व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु