
टेकिङ्ग एजेन्सिज् एसोसिएशन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड र स्थानीय निकायको संयुक्त आयोजनामा चन्दं्रागिरी चेपाङ्ग हिल महाभारत पदमार्ग अध्ययन,अनुगमन तथा प्रबर्धन ५ दिने भ्रमण (२०७६ जेष्ठ ७ देखि २०७६ जेष्ठ ११ सम्म) सुरु भएको छ ।
टोलीलाई टानका अध्यक्ष नवराज दाहाल ज्यूले पर्यटन बोर्डको प्रांगणबाट बिदाई गर्नुभएकोे छ ।
चन्द्रागिरी बाट नजिकै पर्ने तोप्लांगबाट शुरु गरिने ऊक्त पदयात्रा भ्रमण टोलीलाई बिदाई गर्ने क्रमममा अध्यक्ष दाहालले धादिङ्ग जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका धेरै पर्यटन व्यवसायीहरु भएता पनि धादिङ्गमा पर्यटन विकास हुन नसकेको कुरा व्यक्त गर्दै आउँदा दिनमा चन्दागिरी चेपाङ्ग हिल महाभारत पदमार्गले धादिङ्ग र आसपासका क्षेत्रहरूमा पर्यटन विकास र प्रबद्र्धन गर्न थप मद्यत पुग्ने बताउनुभयो ।
यसैगरी टानका प्रथम उपाध्यक्ष तथा यस भ्रमणका संयोजक जीवन थापा मगरले सो भ्रमण ६ महिना अगाडि गर्न योजना बनाएको तर बजेटको कारणले भ्रमण तालिकामा परिवर्तन भई अहिले अध्ययन,अनुगमन तथा प्रबद्र्धन भ्रमण सूरु गरेको जानकारी दिनुभयो ।
अध्ययन, अनुसन्धान तथा प्रबर्धन भ्रमणमा सहभागीहरुलाई राट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. पुष्प राज कडेल, धादिङ क्षेत्र नं १ का संघीय संसद माननीय भूमि त्रिपाठी, नेकपाका नेता नेत्र प्रसाद पौडेल लगायत स्थानीय जन प्रतिनिधित्वहरु धुनीबेशी नगरपालीका मेयर बालकृष्ण आचार्य, उपमेयर निरू खरेल, धुनीबेशी नगरपालीका वडा नं ७ का अध्यक्ष केदार पाठक, वडा नं ८ का अध्यक्ष राम कृष्ण रेग्मी, वडा नं ५ का अध्यक्ष कृष्ण प्रसाद रेग्मी, बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी , गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिना, गल्छी गाउँपालिका वडा नं ६ का अध्यक्ष राजन क्षेष्ठ, वडा नं ७ का अध्यक्ष हरि खतिवडा, टान कार्यसमितिका प्रथम उपाध्यक्ष जीवन थापा मगर सदस्य गोपाल श्रेष्ठ र गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य गोकर्ण रुपाखेती स्वयम् तोप्लांग सम्म सहभागी हुनुभई भ्रमण टोलीलाई एक कार्यक्रमका बिच भ्रमण सफलताको शुभकामना सहित भ्रमणमा देखिएका र अनुभव गरेका कुरा जस्ताको तस्तै डायरीमा ऊतार्न अनुरोध गर्दै टान डायरी हस्तान्तरण गरी बिदाई गरिएको थियो ।
यस भ्रमणमा नेपाल पर्यटन बोर्डका लिला बानियाँ, नारायण बसियाल, टानका सदस्यहरु बाबुराम गुरुङ, पिके शेर्पा, राजन प्रसाद काप्री, कर्मचारी पेम्बा शेपा, र संचारकर्मीहरूको सहभागिता रहेको छ ।
५ दिने अध्ययन पदयात्रा भ्रमण सकेर टोली काठमाडौं फर्किए पछि एक बृहत कार्यक्रमको आयोजना गरी यस पदमार्गको थप प्रबद्र्धनमा जोड दिइने छ ।


