दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतको जीआइटी विश्वविद्यालयद्धारा विद्यार्थी लान नेपालमा अन्तक्रिर्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ११ गते, शनिबार १८:४३

काठमाडौ । भारतको गुनुपुरमा रहेको जीआइटी विश्वविद्यालयले शनिबार नेपाली विद्यार्थीसँग अन्तरक्रिया गरेको छ ।
विश्वविद्यालयका प्रतिनिधि, नेपालबाट विद्यार्थी पठाउने शैक्षिक परामर्शदाता र त्यही विश्वविद्यालयमा अध्ययन सकेर आएका विद्यार्थीबीचको अन्तरक्रियामा सहभागीहरुले सो विश्वविद्यालयको बारेमा नेपालमा पनि प्रशस्त जानकारी दिनुपर्ने आवश्यकता रहेको बताए । अध्ययन सकेर नेपालका विभिन्न संघसंस्थामा कार्यरत तथा क्याम्पसमा अध्यापन गराइरहेका विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा एड्मिसनर अफिसर प्रोफेसर वी पाण्डाले आगामी दिनमा विद्यार्थीका लागि थप अवसर दिने पनि बताउनुभयो ।
विश्वविद्यालयमा विद्यार्थी पठाउँदै गरेका बागबजारको सताक्षी एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक उमेश ढुंगेलले जीआइटी विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा प्रशस्तै सम्भावना भएको बताए । ‘म निरन्तर विद्यार्थी पठाउँछस , कुनै पनि गुनासो आएको छैन’ ढुंगेलले भन्नुभयो । ‘ सबै दृष्टिकोणले यो विश्वविद्यालय विश्वसनीय र भरपर्दो छ ।’ शनिबार भएको विद्यार्थीको दोस्रो एल्मुनाई भेलाले विद्यार्थीको एउटा समिति पनि चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु