
जेठ १४, काठमाडौ
युवा पत्रकार रबिन थपलिया लाई गन्तव्य नेपाल साप्ताहिकको १५ औ बार्षिकोत्सब अवसर मा काठमाडौँमा मंगलबार आयोजना गरेको कार्यक्रम मा सम्मान गरिएको छ।
कार्यक्रममा नेपालको पर्वतारोहण क्षेत्रमा छोटो समयमै किर्तिमान बनाउन सफल आरोही मिङ्मा शेर्पालाई टुरिजम म्यान अफ दि ईयर २०१९ अवार्ड प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पुरस्कार बाट क्रमशः जगत बहादुर गुरुङ, सुबोध सिंखडा, युवराज श्रेष्ठ, दुर्गादत्त ढकाल, संगम शेर्पा, आशुतोस भण्डारी, तेम्बा लामा, नवराज श्रेष्ठ लाई बिधागत पर्यटन पुरस्कार प्रदान गरिएको थियो ।
यसका साथै पर्यटन पत्रकारिता पुरस्कारबाट उत्तरगया दैनिकका शिव देबकोटा, सगरमाथा टेलिभिजनका बरिष्ठ समाचारदाता श्रीकृष्ण सुबेदी, शारदा प्रिन्टीङ प्रेसका भिम प्रसाद सापकोटलाई सम्मान गरिएको थियो।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्य शिव अधिकारी (अबिरल )को सभापतिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पर्यटन बिश्वका लागि अनुकरणिय रहेको र नेपालको बिबिधता बिश्वसामु आर्कषणको केन्द्र रहेको भन्दै पर्यटन क्षेत्र कहिल्यै अन्त नहुने संभावना बोकेको क्षेत्र भएकाले यसको बिकासमा सरकार लागिपर्ने बताए।
गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले भिजिट नेपाल २०२० को लक्ष्य प्राप्त गर्न आफु लागिपरेको भन्दै पर्यटन क्षेत्र चलायमान बनाउन बार्षिकोत्सवलाई राष्ट्रिय कार्यक्रमको रुपमा प्रश्तुत गरिएको बताए । उनले व्यवसायीसँग निरन्तर सहकार्य गर्दै पर्यटन क्षेत्रको बिकासमा लागि पर्ने बताए। सम्मानित थपलिया ले पत्रकारिता मार्फत उनलेे दुःख कष्ट, अपाङ्गता,शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने,देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि आदि थुप्रै कार्यहरुमा सगरमाथा पोस्ट/अगनीबाँड पाक्षिक/काठमाडौ साप्ताहिक माध्यम बाट उनको ठुलो योगदान रहदैं आएको छ ।


