तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं मालकतार भिसा सेन्टर (क्युभिसि) को आज एक बिशेष कार्यक्रमका बीच औपचारिक रुपमा उदघाटन हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते, बुधबार ९:०९

काठमाडौ – वैदेशिक रोजगारीका लागी कतार जाने नेपाली कामदारका लागि काठमाडौंको महाराजगंजमा स्थापना गरिएको कतार भिसा सेन्टर (क्युभिसि) को आज एक बिशेष कार्यक्रमका बीच औपचारिक रुपमा उदघाटन गरिने भएको छ । कतार भिसा सेन्टर(क्युभिसि)को आज एक औपचारिक कार्यक्रमकाबीच नेपाल सरकारका प्रतिनिधि र कतार सरकारको प्रतिनिधिको रोहवरमा उदघाटन गरिने जनाईएको छ ।

क्युभिसिले बैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा , स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने छ भने क्युभिसिमै कामदारले करारपत्रमा हस्ताक्षर पनि गर्नेछन भने कागजपत्र स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका सबै कामहरु पनि सेन्टरमा नै हुनेछ । पहिला कतारमा गरिने यि काम नेपालमै सबै हुने भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने र कुनै समस्यामा नपर्ने क्युभिसिले जानकारी गराएको छ । क्युभिसिको सुरुवातपछि कतार जाने नेपाली कामदार कुनै समस्यामा नपर्ने भएका छन भने कामदारसँगै बैदेशिक रोजगार व्यवसायीलाई पनि क्युभिसिबाट फाईदा नै फाईदा हुने भएको छ । कतारले भिसा सहजीकरण र कामदारको समस्या न्युन गर्नका लागि बंगलादेश, पाकिस्तान,श्रीलंका र भारतमा क्युभिसि सञ्चालन गरिसकेको छ । नेपाल क्युभिसि संचालन हुने मुलुकमा पाँचौ मुलुक हो कतारले आफ्नो देशमा बढी कामदार आउने स्रोत 8 मुलुकहरुमा पहिलो चरणमा क्युभिसि संचालन गरिरहेको छ ।

क्युभिसि संचालनपछि भिसा प्रोसेसिङ,मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ । कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुनेछ । क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने छ यस्ले कती नेपाली रोजगारीमा कतार गए र कति नेपाली कतारबाट फर्केर आए, कुन कामदार कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी हुनेछ । कतार सरकारले नै क्युभिसि सञ्चालन गरेकोले कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ ।

क्युभिसिले विभिन्न देशको सफल परीक्षणपछि नेपालमा संचालनमा ल्याईयको हो यसबाट नेपाली कामदार,म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई फाईदा नै फाईदा पुग्ने बैदेशिक रोजगार विज्ञहरु बताउछन । क्युभिसिले नेपालमा दिने सबै सेवाहरु निसुल्क रहेको छ यसबाट कामदारलाई धेरै फाईदा पुग्नेछ । कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले नेपालमा क्युभिसि संचालन भएकोमा खुशी व्यक्त गर्दै क्युभिसि संचालनवाट नेपाली कामदार,नेपाली म्यानपावर ब्याबसायी र नेपाल सरकारलाई धेरै फाईदा हुने बताए उनले कतार आउने कामदारले दुख नपाओस भन्ने उद्देस्यले नै कतार सरकारले क्युभिसी कार्यालय कामदार स्रोत मुलुकहरुमा संचालन गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु