दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ललितपुरमा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते, बुधबार १८:१८

ललितपुर, १५ ज्येस्ठ – ललितपुरमा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको शुभारम्भ पूर्व मन्त्री तथा साम्सद पम्फा भुसाल, प्रदेश साम्सद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्यालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको शुभारम्भ पस्चात पूर्व मन्त्री एवम साम्सद भुसाल, प्रदेश साम्सद महर्जन, कार्यवाहक मेयर सत्याल, ललितपुर ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठ एबम अन्य जन निर्वाचित प्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधी, वडाबासी लगायतको उल्लेख्य सहभागिता माझ वडाको सरसफाई गरिएको थियो । ललितपुर ०५ नम्बर वडाद्वारा आयोजित सो सरसफाई कार्यक्रम अन्तर्गत चार समुहको टोलीले वडा स्थित विभिन्न क्षेत्रसम्म पुगी फोहर संकलन गरेको थियो । महालक्ष्मी पार्टी प्यालेस,थसिखेलबाट शुरु भएको उक्त सरसफाई अभियान नगरको विभिन्न ठाउँ हुँदै क्रिस्टल पार्टी प्यालेस, मानभवनमा गएर टुङिएको थियो । वडा क्षेत्रको सरसफाई लगत्तै एक औंपचारिक सभाको आयोजना समेत गरिएको थियो ।

उक्त सभा माझ सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री तथा साम्सद पम्फा भुसालले संघिय गणतन्त्र ठुलो बलिदानीले प्राप्त भएको बताएकी छिन् । पूर्व मन्त्री समेत रहेकी नेत्री भुसालले सहीदको बलिदानी र जन आन्दोलनको उपलब्धीको रुपमा रहेको संघिय गणतन्त्रले नागरिकको सर्बोत्तम हित गर्ने धारणा राखेकी थिईन । गणतन्त्र दिवस तथा विश्व वातावरण दिवसको पूर्व सन्ध्या माझ ललितपुरमा बुधवार आयोजित वडा ब्रिहत सरसफाई एवम जनचेतनामुलक कार्यक्रम माझ उनले सो कुरा राखेकी हुन । त्यसैगरि घर राम्रो बनाउने तर घर बाहिर भने जथाभावी फोहर फाल्ने प्रब्रित्ती बिधमान रहेको औंल्याउदै त्यस्तो बानी सबैले त्याग्नुपर्ने जिकिर समेत उनले गरिन ।

ललितपुर महानगरपालिका ०५ नम्बर वडाका वडा अध्यक्ष बिकासमान श्रेष्ठले आफ्नो घर मात्र सफा राख्दैमा स्वस्थ नभईने बताउदै आफ्नो टोल, छिमेक समेत सफा राख्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का तथा नेप्से म्याकका अध्यक्ष लक्ष्मी गेलालले मन्तब्य धारणा राख्दै वरपरको वातावरणिय स्वच्छताका लागि संस्थागत रुपमा साथ र सहयोग सदैव रहने बताए । उक्त कार्यक्रमको संचालन ललितपुर ०५ नम्बर वडाकी महिला सदस्य शोभा देवी प्रधान श्रेष्ठले गरेकी थिईन ।

यसै माझ वडा स्थित टोल विकास संस्था, महिला समुह र क्लबहरुलाई दुई दुई वटा चेतनामुलक बोर्ड, केही स्टिकर र थुन्से, साबेल, कुच्चो, फोहर दानी वितरण गरिएको थियो । आफ्नो तालुकको क्षेत्रमा हप्ताको एक दिन सरसफाई गर्ने परिपाटी बसाल्न सहज होस् भन्ने हेतुले वडाले सरसफाई सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष बिकासमान श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु