दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते, बिहीबार २२:४२

काठमाडौं– कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन नागरिक घाइते भएका छन् । बिहीबार साँझ साढे ७ बजेतिर आएको हावाहुरीका कारण धनगढीमा १० जना घाइते भएका छन् । यस्तै  रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले आँधीहरुबाट जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयको पर्खाल र होरिङ बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको बताए ।

जिल्लाभरी नै हुरीको प्रभाव परेको पनि उनको भनाई छ ।यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट ८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अहिले प्रभावित क्षेत्रमा सामान्य वर्ष भइरहेको भएपनि हुरी भने आउन रोकिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु