तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दुबै हात गुमाएकी मेघालाई नारी फाउन्डेसनले उपचारका लागि अमेरिका लैजाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते, आईतवार २१:४९

काठमाडौं, २६ ज्येष्ठ ( संयुक्त राज्य अमेरिका स्थित वाशिङ्टन डि सिमा स्थापना भएको नारायण रिना मेमोरियल फाउण्डेसन – नारीले दुर्घटना परि दुबै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । नारी फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । पत्रकार सम्मेलन माझ नारीले मेघा घिमिरे स्माईलका साथै श्री एनिमल रेस्कु, टिका बिद्या आश्रम र बाजुराको बिद्यालयलाई पनि सहयोग गर्ने कार्यक्रम रहेको जानकारी गराईएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रिमा कटुवालले नारी फाऊण्डेसन आफ्ना स्वर्गिय पिता नारायण केसी र स्वर्गिय बहिनी रिना केसीको स्‍मृतिमा खुलासा गर्दै हरेकको दुस्खमा साथ दिन संस्था कृयाशिल रहेको बताएकी थिईन ।उनले किशोरावास्थामा दुबै हात गुमाएकी मेघा घिमिरेको हातको उपचारका लागि आवश्यक तयारी पुरा भैसकेको जानकारी गराएकी थिईन । साथै संस्थाले जनावरको ऊद्धार, भुकम्प प्रभावित बिद्यालय र विकट क्षेत्रमा संचालित विधालयलाई सहयोग गर्न ठोस कार्यक्रम अगाडी सारेको पनि स्पस्ट पारिन् ।

सोही कार्यक्रम माझ एनिमल रेस्क्युका संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल अभिवावक महासंघका संयोजक तथा नारी फाउन्डेसनका कन्ट्री डाईरेक्टर शुप्रभात भण्डारी, पत्रकार ॠषि धमला, दुबै हात गुमाएकी किशोरी मेघा घिमिरे, एनिमल रेस्क्युका संस्थापक श्रीजना ठकुरी, टिका विधा आश्रमका प्राध्यान्ध्यापिका विमला लामिछाने लगायतले मन्तब्य धारणा राख्दै नारी फाऊन्डेसनले परोपकारको क्षेत्रमा उदाहरणिय कार्य गर्दै आएको बताए ।पत्रकार ॠषि धमला दुबै हात गुमाएकी किशोरी मेघा घिमिरेलाई सहानुभुती दिन छोरी एरिका सहित कार्यक्रम स्थल पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु