
काठमाडौ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको “बुढेसकालको लौरी” बोलको गीत सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको एरेंज रहेको छ । एक माया गर्ने जोडीको भाव समावेश गरिएको उक्त गीतमा आफुलाई मायालुको बुढेसकालको लौरी भनिएको छ । बुद्धि तामाङ (हैट) र उमेश राई (फुलन्देको आमा)को अभिनय रहेको गीतको भिडियो उत्सव दाहालले छायाँकन गरेका हुन् ।


