तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सबैलाई जागरुक बनाएर समाजलाई सफा राख्ने उद्देश्यले अभियान थालिएको : कुँवर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते, शनिबार १६:२२

काठमाडौं । चक्रपथ सरसफाई अभियान शनिबार ९६औं हप्तामा पुगेको छ । अभियानले कलंकीदेखि बालाजु गंगाहलसम्मको क्षेत्रमा सरसफाई गर्दै गरेको छ । सबैलाई जागरुक बनाएर समाजलाई सफा राख्ने उद्देश्यले अभियान थालिएको कुँवरले बताउनुभयो ।

नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवरले केही सामाजिक काम
गरौं भन्ने उद्देश्यले यो अभियान थालिएको बताउनुभयो । उहाँले केही स्थानीय बासिन्दा, सेना, प्रहरी, व्यवसायी, कलाकार तथा अन्यको पनि सहयोग र सहभागिता भएको जनाउनुभएको छ । तर, सडकका छेउमै घर भएका घरबेटीहरुले भने असहयोग गरेको र अभियानलाई समर्थन नगरेको गुनासो छ । ‘माथि रमिता हेरेर बस्छन्, सफा गर्नुको साटो उल्टै फोहोर गरिदिन्छन्’कुँवरले भन्नुभयो ।शनिबारको कार्यक्रम कलंकी चोकमा भएको थियो । सडकमा जथाभावी फोहोर नफाल्न अनुरोध गर्दा पनि कसैले नटेरेको उहाँले बताउनुभयो । शनिबारसम्ममा २ सय १४ ट्रक फोहोर संकलन गरिएको छ ।

१००औं हप्ताको विशेष कार्यक्रम गर्ने योजना छ । ‘कमसेकम शनिबार विहान २ घण्टा समय मागेका हौं तर पनि पाइएन’ कुँवरले भन्नुभयो ‘सबैको सहभागिता हुने हो भने चक्रपथलाई हराभरा बनाउन सकिन्छ ।’ उहाँले आप्mनो इक्वीपमेन्ट प्रयोग गर्नुभएको छ भने सचेतनाका लागि अन्य सामाग्री पनि छापिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु