
काठमाडौं । गायक नवराज सापकोटाको “म निदाएसी आयौ” बोलको गीत सार्वजनिक भएको छ । नरेश गौतमको शब्द रहेको उक्त गीतमा एनके ब्रदरर्सको संगीत रहेको छ भने रिदम कडेंलको एरेंज रहेको छ । गीतमा एक प्रेमीको मनको भाव समावेश गरिएको छ भने मायालु निदाएपछि आएको कुरा गरिएको छ । अन्जली अधिकारी , जीवन भट्राई र रिचा थापाको अभिनय रहेको उक्त गीतको भिडियो उत्सव दहालले छायाँकन गरेका हुन् ।


