
काठमाडौं । लोकप्रिय गायिका प्रविशा अधिकारी र गायक सागर अधिकारी ‘शरद’को “माया प्रितीको” बोलको गीत सार्वजनिक भएको छ । डा.डीआर उपाध्यायको शब्द रहेको उक्त गीतमा गायक सागर अधिकारी ‘शरद’को नै संगीत रहेको छ भने शाहस शाक्यको एरेंज रहेको छ । माया पिरतीको शब्द रहेको उक्त गीतमा मायालु आएपछि जीवनमा खुसी आएको कुरा गरिएको छ।


