दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १४ गते, शनिबार १७:०२

ललितपुर १४ असार ।
ललितपुर ५ नम्बर वडाले वडा स्थित दुई बाल क्लबलाई संगितका साधन हस्तान्तरण गरेको छ । शनिवार लगनखेलमा आयोजित वडा स्तरिय बाल क्लबहरुको बार्षिक साधारण सभा माझ बाल प्रतिभा समुह र लगनेश्वर बाल समुहलाई वडाका तर्फबाट गीतार, पियानो लगायतका संगितका सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीहरु वडा अध्यक्ष विकासमान श्रेष्ठले बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजाललाई हस्तान्तरण गरेका थिए ।
ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले बाल क्लबहरुले बाल क्लबका सदस्यहरुको क्षमता विकासका निम्ती सक्दो प्रयास गर्नुपर्ने तर्फ जोड दिदै वडाले बालबालिकालाई प्राथमिकतामा राख्दै आएको समेत स्पष्ट पारे । कार्यक्रममा बाल क्लबका अध्यक्षद्वय अभिषेक दियाली र दिपेन रिजालले बालक्लबका सदस्यहरुका अलवा वडाबासी बालबालिकाको क्षमता अभिबृद्धिका लागि सिंगो क्लब परिवारले सक्दो प्रयास गर्दै आएको बताए ।

कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यत्रय अशोक श्रेष्ठ, पुनम निरौला, मैया रिजाल, पूर्व बालक्लब ग्राजुयट कृष्ण रिजाल लगायतले मन्तब्य धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु