
नयाँदिल्ली- भारतको नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका बलत्कृत भएकी छिन ।डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी राजेश बहादुर नेपाली को छोरी बर्ष १४कि सिता नेपाली (नाम परिवर्तन ) लाई राजेश आफुले काम गर्ने भारतको नयाँ दिल्ली B-41, Chhatarpur, Extn. मा आफनै मालिकको छोराले बलत्कार गरेको खुलेको छ ।
दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय छोरा पंकज सिंहले ३०जुन २०१९ को दिनको १ बजे रेप गरिएको थियोे । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् ।नेपाली जन सम्पर्क समिति र माईति ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक एफ.आई .आर. गरेको तथा मेडिकल जाँचको लागि अस्पतालमा लगिएको र सरकारी अस्पतालमा रेप भएको प्रमाणीत भइसकेको छ । आवश्यक अन्य कारवाही तथा पिडिताको न्यायको लागि समाजसेवी बाल कृष्ण पाण्डेको नेतृत्वमा पहल भइरहेको छ ।


