
काठमाडौं । चर्चित लोकप्रिय गायक खुमन अधिकारी र गायिका सपना थापाको “घरबार गर्ने सोँच” बोलको तीज गीत सार्वजनिक भएको छ । सागर प्रधानको शब्द तथा संगीत रहेको उक्त गीतमा बिनोद बाजुरालीको एरेंज रहेको छ । एक युवतीको मनको भाव ब्यक्त गरिएको उक्त गीतमा तीजमा साथीहरु माइत आउँदा मन कुटुक्क खाने कुरा गरिएको छ ।


