दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भोलिबाट सुरु हुने बैठकमा धेरे विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दूराष्ट्रको विषय उठ्ने छ : भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २१ गते, शनिबार १९:२७

काठमाडौं, २१ असार ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले भोलिबाट सुरु हुने बैठकमा धेरे विषयमा गहन छलफल हुने र त्यसमा पनि हिन्दूराष्ट्रको विषय उठ्ने स्पष्ट पारे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले कांग्रेस केन्द्रिय कार्यसमिति बैठकको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ । नेकपाको गतिविधि र सरकारको कामबारेपनि विश्लेषण हुन्छ ।’ पछिल्लो समय हिन्दूराष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषयपनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जनाए ।
महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको सुनाए । उनले भने,‘भोलिको बैठकमा मैले यो विषय प्रवेश गराउँछु । यो नेपाली कांग्रेसको भविष्यसँगमात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ । अब विलम्ब नगरी पार्टीले हिन्दूराष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ ।’
भण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए । उनले थपे,‘अब व्यक्तिवादी चरित्रले काम गर्दैन् ।’ वर्तमान सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको र ईतिहासमै यो मामिलामा कमजोर बनेको उनको आरोप छ । भ्रष्टाचार, महँगीलगायतका विषयमा पनि सरकार चुकेको उनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु