दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २८ गते, शनिबार १८:१८

काठमाडौं, २८ अषाढ – ग्लोबल नेप्लिज सेफ फेडेरेशनको आयोजना तथा ग्लोरी मिडियाको ईभेन्ट ब्यवस्थापनमा अषाढ २५ गतेबाट शुरु भएको हिमालयन ईथ्निक फूड फेस्ट तथा नेपाली कुलिनरी अवार्ड कार्यक्रम २८ गते शनिवार सम्पन्न भएको छ । फेष्ट अन्तर्गत २५ र २६ गते होमस्टे भ्रमण तथा अध्ययन, २७ गते होटल तथा रेस्टुरेण्ट भ्रमण तथा अध्ययन र २८ गते सिक्किम विश्वविधालयका डिन समेत रहेका हिमाली खानाका अन्वेशक प्रा.डा. ज्योतिप्रकाश तमाङको विशेष प्रस्तुती र कुलिनरी अवार्डको आयोजना गरिएको थियो । शनिवार बत्तिसपुतली स्थित अनुपम फुड ल्याडमा आयोजित कार्यक्रममा डा. तमाङले हिमाली खानाका प्रकार, उत्पत्ति, उपयोगिता, त्यसको ब्यवसायीकरण आदीका बारेमा सहभागीहरु माझ प्रस्तुती दिए भने १० जना सेफहरुलाई विभिन्न बिधा अन्तर्गत अवार्डबाट बिभुषित गरियो । नेपालमा पहिलो पटक भएको कुलिनरी अवार्ड २०१९ बाट सम्मानित हुनेमा लाईफ टाइम एचिभमेन्ट तर्फ नरहरी अधिकारी, लिभिङ लेजेँन्डतर्फ गोविन्द नरसिंह केसी,इन्डिजिनियस तर्फ यूवराज प्रजा, बेस्ट आर्टिस्ट तर्फ खिम बराल,योङ एक्जुकेटिव तर्फ भवि खनाल, सेफ स्टोरी तर्फ बिक्रम भिक्स, राइटर सेफ तर्फ सूर्य किरण श्रेष्ठ र अर्जुन थापा, कस्मोपोलिटिन तर्फ कुमार चालिसे र योङ लेडी सेफ तर्फ उर्मि टिटुङ रहेका छन । कार्यक्रममा होटल एसोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह, जापानका लागि पूर्व राजदुत डा. गणेश योन्जन, प्लाटिनम होटलका जिएम डा। सेफ संजय जमाल, नेप्लिज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, उपाध्यक्ष नारायण थपलिया, महासचिव मोहन बहादुर गजुरेल, सचिव प्रेमलाल घिसिङ, सेफ एशोसिसनका अध्यक्ष श्रीराम अधिकारी र सम्मानित ब्यक्तित्वहरुले मन्तब्य धारणा राखेका थिए । कार्यक्रममा साल्ट ट्रेडिङका विभागिय प्रबन्धक ब्रजेश झा, खाना बिज्ञ डा. नम्रता तमाङ लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु