दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुटवल पाल्पा सडक खण्ड साँझ ६ बजेबाट सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २९ गते, आईतवार १८:५४

बुटवल – सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड साँझ ६ बजेबाट सञ्चालनमा आएको छ ।दिउँसो केही घण्टा एकतर्फी यातायात सञ्चालन हुँदा पहिरो पन्छाउन वाधा परेकाले २ बजेदेखि ६ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

दोभान हेडबक्स नजिकै खसेको ढुङ्गे पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालयले डोजर र ह्याबी ईकुमेन्ट लगाएर पहिरो हटाएको थियो ।

सडक खण्ड अबरुद्ध हुदाँ हजारौं यात्रु हलपत्र परेका थिए । यो सडकसडकमा झरेका ठूलाठूला ढुंगा पन्छाउन पहिरोको दुबैतर्फ २ वटा डोजरले काम गरेको दोभान प्रहरी चौकीका ईन्र्चाज वाल बहादुर घर्ती मगरले जानकारी दिए ।शनिबार दिउँसो साढे २ बजे तिनाउ गाउँपालिका ३ हेडबक्स नजिकै पहिरो खस्दा ढुंगाले उछिट्याएर मोटरसाइकलमा सवार पाल्पा मित्यालका ३२ वर्षीय धनबहादुर सुनारीमगरको मृत्यु भएको थियो ।

सडकमा ढुंगे पहिरो खसेका कारण बुटवल पाल्पा खण्ड सडक झण्डै २० घण्टा पूर्णरुपमा बन्द भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु